Friday, September 30, 2022
गृहपृष्ठसमाचारपूनर्वासका मेयर थापा सहित तेह्र जनप्रतिनिधी नेकपा समाजवादीमा खुले

पूनर्वासका मेयर थापा सहित तेह्र जनप्रतिनिधी नेकपा समाजवादीमा खुले

कञ्चनपुर,
नेकपा एमाले फुटको असर कञ्चनपुरको पूनर्वास नगरमा समेत परेको छ । पूनर्वास नगरका मेयर जिवन थापा सहित तेह्र जनप्रतिनिधीले नेकपा समाजवादी पार्टी रोजेका छन ।
एमालेबाट निर्वाचन जितेका पूनर्वासका जनप्रतिनिधीले आइतबार निर्वाचन आयोग कञ्चनपुरको कार्यालयमा आएर नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन । नेकपा समाजवादी पार्टीका युवा विद्यार्थी नेता प्रज्वल कुँवरले मेयर थापा सहितका १३ जना जनप्रतिनिधीले नेकपा समाजवादी पार्टी खुलेको सनाखत गरेका छन ।
उनका अनुसार मेयर थापा सहित एमालेबाट चुनाव जितेका पूनर्वास नगरका १ का वडाध्यक्ष प्रताप ब. चन्द, ३का वडाध्यक्ष कृष्ण तामाङ्ग, कार्यपालिका सदस्य विष्णूदेवी सिग्देल, वडा सदस्य सुकमाया तामाङ्ग, सुमित्रा राना, पार्वती देवी शाही, शान्ति माया तामाङ्ग पृथम सिह राना, फुर्वा तामाङ्ग, बम बहादुर तामाङ्ग, मान बहादुर तामाङ्ग, सुपा तामाङ्गले सनाखत गरेका हुन । पूनर्वास नगरपालिका १का वडाध्यक्ष प्रताप चन्दले नेकपा समाजवादीमा खुल्ने जनप्रतिनिधी बुद्धि हुने बताए । यस अघि भीमदत्त, बेलौरीका जनप्रतिनिधीले नयाँ पार्टीमा सनाखत गरेका थिए । निर्वाचन आयोगले २२ भदौँसम्म जसपा र एमाले जनप्रतिनिधीलाई पार्टी छान्न समय सीमा तोकेकोछ । यस अघि सुप प्रदेशका १० प्रदेश सभा सदस्यले नेकपा समाजवादी पार्टीमा सनाखत गरिसकेका छन । केही नेपाल समुहका प्रदेश सभा सदस्यले मन्त्री र मुख्यमन्त्रीका लागि बार्कीनिङ्ग गरिरहेकाले केही जान ढिलाई भईरहेको नेताहरुले बताएका छन ।

ताजा समाचार