Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीबेलौरी १० मा वाइसीयल संगठन विस्तार

बेलौरी १० मा वाइसीयल संगठन विस्तार

बेलौरी,
बेलौरी नगरपालिका वडा नं.१० मा वाइसीयल नेपालले संगनठन विस्तार गरेको छ । हिजो एका कार्यक्रमको आयोजना गर्दै बेलौरी वाइसीयलले नयाँ सदस्यता वितरण गर्नुका साथै संगन सुद्धिढ गरेको बताए ।

बेलौरी वडा नं.१० शिवनगरमा नेकपा माओवादी केन्द्रका नेताहरुको उपस्थितिमा नयाँ सदस्यता वितरण गरेको वाइसियल बेलौरीकाका इन्र्चाज उब्जन शाहले जानकारी गराउनु भयो । वहाँका अनुसार देशमा भइरहेको अराजनैतिक, कृयाकलापका विरुद्धमा वाइसीयल नेपाल खरो तरिकाले उत्रिने बताउदै संगठनलाई मजबुत बनाई जनताको पक्षमा काम गर्न प्रेरित समेत गरिएको बताए । विरेन्द्र चौधरीको अध्यक्षतामा २९ सदस्यीय समिति समेत गठन गरिएको छ ।

महेन्द्र बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा अम्मर बहादुर चौधरी, बेलौरी नगर प्रमुख पोतिलाल चौधरी, लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

ताजा समाचार