Tuesday, September 27, 2022
गृहपृष्ठदैनिक गतिविधीग्रामिण महिलाको क्षमता अभिबृद्धि कार्यक्रम

ग्रामिण महिलाको क्षमता अभिबृद्धि कार्यक्रम

कञ्चनपुर,
दलित महिला सघ कञ्चनपुरले दलित तथा गैर दलित सिमान्तृत महिलाको क्षमता अभिबृद्धि कार्यक्रम अन्र्तरगत तालिम लिएको छ । शनिबार बेलडाँडीका सामुहिक कार्यगत समुह(सिएजी) समुहका दलित तथा गैर दलित महिलाको क्षमता अभिबृद्धिका लागि एक दिवसीय कार्यक्रम संचालन गरेको हो । ‘नेपालमा दलित महिलाको मानव अधिकार प्रर्बद्धन परियोजा अन्र्तरगत दलित समुदायका दलित महिला तथा अन्य सिमान्तकृत वर्गको मानव अधिकार एव समाजिक न्याय प्रर्बद्धनका लागि सिएजी समुहका महिलालाई अभिमुखिकरण गराईएको हो ।
दलित महिला संघ कञ्चनपुरका कार्यक्रम संयोजक नर बहादुर आउजीले अभिमुखिकरण गराएका थिए । कार्यक्रममा सहभागि महिलाहरुले दलित महिला मार्फत दलित र गैर दलित सिमान्तकृत समुदायका महिलाको हक अधिकारका लागि सुुसुचित भएको बताएका छन । सामुहिक कार्यगत समुहका १, २, ३ बेलडाँडीका अध्यक्ष शान्ति नाथ(गिरी)ले दलित भित्रैको विभेद उन्मुखलनमा जोडदिए । सामुहिक कार्यगत समुह ४ र ५ बेलडाँडीकी अध्यक्ष पार्वती बडूले महिला अधिकारका लागि काम गर्ने बताईन ।
जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य गुड्डी नेपालीले दलित तथा सिमान्तकृत समुदायका महिलाको हक अधिकारका लागि काम गर्ने प्रण गरिन । कार्यक्रममा दलित महिला संघ कञ्चनपुरकी अध्यक्ष लक्ष्मी विकले दलित र सिमान्तकृत महिलाको हक अधिकारका स्थानीय तहले वेवास्ता गरेको दुखेसो पोखिन । ‘दलितबाट चुनाव जितेका जनप्रतिनिधीले समेत दलित समुदायको हक अधिकारको पक्षमा काम गदैनन, ‘उनले भनिन, ‘भोट माग्दा हातखुट्टा जोड्ने चुनाव जितेपछि आफ्नै समुदाय भुल्छन ।’ दलित महिला संघ कञ्चनपुरकी सहजकर्ता लक्ष्मी ताम्राकारले संचालन गरेको कार्यक्रममा सिएजी समुहका महिला सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार