Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीभीमदत्त नगरपालिका ७ नम्बरको वडा सभापतिमा नेवि संघ नेता भट्ट निर्वाचित

भीमदत्त नगरपालिका ७ नम्बरको वडा सभापतिमा नेवि संघ नेता भट्ट निर्वाचित

कञ्चनपुर,
नेपाली काँग्रेसको आशन्न १४ औँ महाधिवेशनका लागि शुक्रबार देशभर वडा सम्मेलन भएका छन । कहि सहमतीय कतै निर्वाचन भएर वडा समिति एव क्षेत्रीय प्रतिनिधी छनौट भएका छन । भीमदत्त नगरपालिका ७मा नेवि संघका नेता गणेश भट्ट वडासभापतिमा निर्वाचित भएका छन । नेवि संघ नेता भट्टले आफ्ना प्रतिस्पर्धी गोपाल सिह जाग्रीलाई ३९ मतको अन्तरले हरउँदै वडा सभापतिमा निर्वाचित भएका हुन । भट्टले १२७ र जाग्रीले ८८मत ल्याएका थिए । कुल २३९मतदाता रहेको भीमदत्त नगर ७नम्बर वडामा २२०मत परेका थिए । जसमध्ये ५ मत बदर भएका थिए । नेवि संघ निर्वतमान केन्द्रीय सदस्य भट्ट दुई दशकदेखि विद्यार्थी राजनीतिमा होमिएका थिए । ०५९सालदेखि नेवि संघ विद्यालय इकाई समिति मार्फत १३औँ महाधिवेशनपछि नेवि संघको केन्द्रीय कार्य समितिको निर्वाचनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । विद्यार्थी राजनीनीतिबाट पार्टीगत राजनीतिमा होमिएका भट्टले पहिलो पटकमै वडाको नेतृत्व सम्हाल्न लागेका छन । उनले संगठनले मिलाएर चुस्त दुरुष्त रुपमा अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन । किशोराअवस्थादेखि काँग्रेस भातृ संगठन नेवि संघको राजनीतिमा होमिएका भट्टले संगठनलाई थप उचाईमा पु¥याउने बताएका छन ।
नेवि संघ नेता भट्ट नेपाली काँग्रेस भीमदत्त नगरपालिका ७ का वडा सभापतिमा निर्वाचित भएसंगै उनका सहकर्मीहरुबाट बधाई तथा शुभकामना दिईरहेका छन ।

ताजा समाचार