Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस महाधिवेशन ः बेलौरी नगरपालिका ८मा तरुण दलका नेता ऐरी वडा सभापतिमा...

काँग्रेस महाधिवेशन ः बेलौरी नगरपालिका ८मा तरुण दलका नेता ऐरी वडा सभापतिमा निर्वाचित

कञ्चनपुर,
नेपाली काँग्रेस बेलौरी नगरपालिका ८को वडा सभापतिमा नेपाल तरुण दल कञ्चनपुरका युवा नेता निर्वाचित भएका छन । काँग्रेस १४औँ महाधिवेशनका लागि शुक्रबार देशभर भएको वडा समितिको निर्वाचनबाट मदन ऐरीले निकटतम प्रतिद्वन्दी दक्षप्रजापति पाण्डेलाई २२ मतले हराउँदै वडा सभापतिमा निर्वाचित भएका हुन । निर्वाचन समितिका अनुसार ऐरीले ५५ र पाण्डेयले ३३ मत ल्याएका थिए । कुल ९७मतदाता रहेको बेलौरी नगरपालिका ८नम्बर वडामा ९५मत खसेका थिए ।

ताजा समाचार