Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीप्रदेशमा निर्वाचित पदाधिकारीलाई सम्मान

प्रदेशमा निर्वाचित पदाधिकारीलाई सम्मान

मदन नेपाली,
नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखाले नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितिमा कञ्चनपुरबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा कञ्चनपुरले प्रदेशका निर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय सदस्य तथा भूतपुर्व केन्द्रीय सदस्यलाई सम्मान गरेको हो । नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाले नेपाल कञ्चनपुर जिल्लाबाट औषधी व्यवसायी संघ सुप प्रदेशको समितिमा पदाधिकारी तथा सदस्य निर्वाचितलाई सम्मान गरेको बताए । अध्यक्ष बुडाका अनुसार प्रदेश खुद्रा उपाध्यक्ष कैलाशचन्द्र भट्ट, महासचिव गजेन्द्र देव लेखक, उप कोषाध्यक्ष साईबा राना, सदस्य घनश्याम कलौनी, अर्जुन सिह कठायत, शिवराज भट्ट, देवराज चौधरी, प्रतिधिर भण्डारी र केन्द्रीय सदस्य ललितानन्द जोशी र भूतपुर्व केन्द्रीय सदस्य बिरेन्द्र तिवारीलाई सम्मान गरिएको बताए ।

ताजा समाचार