Friday, September 30, 2022
गृहपृष्ठदैनिक गतिविधीग्रामिण बस्तीमा मानव बेचबिखन रोकथामका लागि किशोरीलाई अनुशिक्षण

ग्रामिण बस्तीमा मानव बेचबिखन रोकथामका लागि किशोरीलाई अनुशिक्षण

कञ्चनपुर,
मानव बेचबिखन रोकथाम तथा मानव अधिकार क्षेत्रका कार्यरत माइती नेपाल कञ्चनपुरले १५ औँ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवसको पुर्वसन्ध्यामा भीमदत्त नगरपालिका १४ का राना समुदायका किशोरीलाई स्थानीय सरकारको समन्वय र सहकार्यमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि अनुशिक्षण गरेको छ ।
बनकट्टी टोलका जनजाति समुदायका सम्पुर्ण किशोरीहरुलाई समेट्ने गरी प्रशिक्षित गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक भट्टले जानकारी दिनुभयो । संयोजक भट्टले भन्नुभयो–“पछिल्लो समयमा मानव बेचबिखनको भयावह स्वरुप देखापरेको छ । त्यसमा पनि दलालहरुले गरिब र पिछडिएको समुदायका महिलालाई बढी टारगेट गरिएको पाईएको हुँदा बिपन्न र पिछडिएको बर्गका राना समुदायलाई सम्भाव्य जोखिम बाट बचाउन बेलैमा जागरुक गराउनु पर्ने अति आवश्यक रहेको छ ।”

ताजा समाचार