Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीविद्यार्थी नेता मिश्र भीमदत्त नगरपालिका ८ को वडा सभापतिमा भारी मतले निर्वाचित

विद्यार्थी नेता मिश्र भीमदत्त नगरपालिका ८ को वडा सभापतिमा भारी मतले निर्वाचित

 सुवर्ण प्रशाद जोशी,

कञ्चनपुरका एक विद्यार्थी नेता मदन मिश्र भारी मतले भीमदत्त नगरपालिका ८को वडा सभापतिमा निर्वाचित भएका छन । काँग्रेस १४औँ महाधिवेशनका लागि शुक्रबार सम्पन्न भएको वडा समितिको निर्वाचनबाट भीनपा ८को वडा सभापतिमा मिश्र भारी मतले विजयी भएका हुन । मिश्रले आफ्ना प्रत्यासी राजेन्द्र विष्टलाई ७८मत बढिले पराजित गर्दै काँग्रेस वडा सभापतिमा निर्वाचित भएका हुन । नेवि संघ विद्यार्थी नेता मिश्रले ८३ र विष्टले ५ मत ल्याएका थिए । कुल १०४ मतदाता मध्ये ९८ मत खसेका थिए । विद्यार्थी नेता मिश्र नेपाली काँग्रेस भीमदत्त नगरपालिका ८को वडा सभापतिमा निर्वाचित भएसंगै उनले पार्टीका सबै नेता कार्यकर्ताको जनभावना अनुरुप काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार