कञ्चनपुर,
नेकपा एमाले पार्टी फुटको असर सुुदूरपश्चिम प्रदेश सभामा समेत परेको छ । एक सभामुख सहित २५ प्रदेश सभा सदस्य रहेको प्रदेशमा १० प्रदेश सभा सदस्य माधव कुमार नेपाल पार्टीको नेकपा एकिकृतमा खुलेका छन । निर्वाचन आयोगले प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधीलाई पार्टी छान्नका लागि भदौँ २२सम्म समयदिएपछि नेपाल समुहका खुलेका १०जना प्रदेश सभा सदस्यले निर्वाचन आयोगको कार्यालयमा सनाखत गरेका छन । एमाले कञ्चनपुरका अध्यक्ष समेत रहेका तारालामा तामाङ्ग, प्रदेश सभा सदस्य तथा मन्त्रीत्रय लाल बहादुर खडका, पुर्ण जोशी, दिर्घ सोडारी, माया भट्ट, दुर्गा कामी, कुलबिर चौधरी, सुशिला बुढाथोकी, मना साउद, चुन कुमारी साउद, अमर साउद रहेका छन । भीम रावलका विश्वासिता पात्र समेत नेपाल समुहमा प्रवेस गरेका छन । भीम रावल एमालेमा फर्किपनि उनका केही विश्वासिता पात्र भने नेपालतिरै खुलेका छन । उनीहरुले राजनीतिक भएकाले कसैको सती जान नसकिने भएकाले अबको यात्रा समाजवादतर्फ भएको बताएका छन ।
