गोकुलेश्वर,
गोकुलेश्वरमा पहिलो पटक कुमारी बैंक लिमिटेडले एटिएम सेवा संचालनमा ल्याएको छ । गोकुलेश्वर बैतडीमा रहेको कुमारी बैंक लिमिटेड डिलाशैनी शाखाले आजबाट एटिएम सेवा संचालनमा ल्याएको बैंकका शाखा प्रबन्धक निरज खरेलले जानकारी दिए ।

गोकुलेश्वरमा बैंकहरु संचालनमा आएको लामो समयसम्म कुनै पनि बैंकले एटिएम सेवा संचालनमा ल्याउनका लागि पहल नगरेको अवस्थामा आफूले पहिलो पटक यसका लागि पहल गरेको शाखा प्रबन्धक खरेल जानकारी दिए ।
यसअघि सेवाग्राहीहरु सानो रकम झिक्नका लागि पनि लाइनमा बसेर धण्टै पर्खनुपर्ने अवस्था रहँदा सेवाग्राहीहरु समस्यामा परेका थिए । अब त्यस समस्या बाट स्थानीय मुक्त भए संगै हर्षित भएका छन् ।