Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीभवन तोडफोड गरेको प्रति माफी माग्दै नाथले भनिन् : अतिक्रमण सरकारी जमिन...

भवन तोडफोड गरेको प्रति माफी माग्दै नाथले भनिन् : अतिक्रमण सरकारी जमिन बचाउ अभियान जारी छ

बेलडाँडी,
बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको  निर्माणाधिन भवनमा तोडफोड गरेकाले महिला अगुवा शान्ती नाथले प्रशासनको रहोबरमा ताेडफाेन गर्ने कार्य नगर्ने भन्दै माफी माग्दै सरकारी जमिन बचाउ अभियान जारी रहेको बताइन् ।

गाउँपालिकाले अाफु नजिकका सहकारी संस्थालाई भवन निर्माणका लागि जमिन दिएकाले दबाफ दिन आफु लगायत २५/३० जना महिलाहरूकाे समुहले महिला साना किसान सहकारी संस्था लि. बेलडाँडीकाे निर्माणाधीन भवनकाे पिल्लरमा ढुङ्गा र ईटा  प्रहार गरि सामान्य क्षति भएकाे नाथले बताइन् ।

अाज शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकोमा प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेय, प्रहरी उपरीक्षक उमा प्रशाद चर्तुर्वोदी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी संघ संस्थाको प्रतिनिधीहरूकाे उपस्थितिमा सहकारी भवनमा भएको तोडफोडकाे विषयमा छलफल पछि अब  उप्रान्त ताेडफाेड कार्य नगर्ने भन्दै महिला अगुवा शान्ति नाथले सहमति  पत्रमा हस्ताक्षर गरेकि छिन् ।

उनले भनिन्`उत्तेजित भिडमा साे कार्य हुन पुगेकाले अब ताेडफाेड जन्य कार्य नगर्ने तर सरकारी जग्गाकाे संरक्षणका लागि कानुनि बाटाेमा जाने बताएकि छिन।´

साना किसानको भवनमा भएकाे क्षतिकाे जिम्मा लिने बताउदै अाफ्नाे एजेन्डा सहि भएता पनि ताेडफाेड हुनु त्रुटि भएकाले माफि मागेकाे बताईन । राम्रो काम गर्ने क्रममा कति बेला नजानेर पनि गल्ती भएको स्वीकार गरे ।

जिल्ला प्रशासन कञ्चनपुरमा भएकाे दुबै पक्षकाे सहमति पत्रमा पहिलाे पक्ष  साना किसान सहकारी संस्थाका अध्यक्ष कमला कुमारी रेग्मी(जोशी) र दोस्रो पक्षमा  शान्ति नाथले हस्ताक्षर सहित औठाछाप गरेका हुन।

साना किसान सहकारी संस्थाका अध्यक्ष कमला रेग्मी जाेशिले भनिन् `हामिलाई गाउँपालिकाकाे कार्यपालिकाले निर्णय गरि भवन निर्माणका लागि जग्गा उपलब्ध गराएकाले हाम्रो भवनमा किन ताेडफाेड गर्नु पर्याे भनिन् । कुनै रिसराग भए पनि हामीलाई भन्नुको साठो भवनमा तोडफोड नगर्नु पर्ने बताइन् ।

ताजा समाचार