Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरमा बाढी, उद्दार गर्न पुगे संविधान सभा सदस्य बिष्ट

कञ्चनपुरमा बाढी, उद्दार गर्न पुगे संविधान सभा सदस्य बिष्ट

कञ्चनपुर,
तीन दिन देखिको अविरल वर्षाका कारण दोदा नदीमा आएको बाढीले कञ्चनपुरका पुनर्वास, लालझाडी र बेलाैरीका केही गाउँमा बाढी पसेको छ ।

गए राती दोदा नदीको बाढी पसेर डुबान बन्न पुगेको सिमरी गाउँका पीडितहरूको उद्दारको लागि नेपाली काँग्रेसका नेता दिवान विष्ट र तरुण दलका अध्यक्ष महेश चन्दको टोली खटिएको छ ।

गाउँमा पसेको बाढीका कारण गाउँका झन्डै सय घर प्रभावित बन्न पुगेका छन् । बर्सेनि बाढीको जोखिम झेल्दै आएको उक्त गाउँमा पुगेको नेपाली काँग्रेस कञ्चनपुरका नेता एवं पूर्व सांसद दिवानसिंह विष्टको नेतृत्वको टोलीले बाढी प्रभावितहरूको राहत , उद्धारका लागि पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

बाढीबाट प्रभावित उक्त गाउँमा नेता विष्ट सँगै पुगेका नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दले जोखिममा रहेका स्थानीयको राहत र उद्धारका लागि तरुण दलका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन् ।

डोके बजार-बेलौरी हुलाकी राजमार्ग निर्माणका क्रममा स्टिमेट अनुसार बनाइनु पर्ने पानीको निकासका लागि आवश्यक निकासको पर्याप्त संरचना निर्माण नगरिनु र दोदा नदीको तटबन्ध निर्माण नगरिएकाले बस्ती डुबानमा परेको काँग्रेस नेता विष्टले बताए । सिमरी गाउँमा बर्सेनि हुँदै गरेको डुबानको जोखिम हटाएर तटबन्ध लगायतका संरचना निर्माणका लागि आफूले सरकार सँग पहल गर्ने नेता विष्टले बताए ।

ताजा समाचार