Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीसिङ्गो दोदा नदी गाँउ पस्यो, लालझाडी, बेलौरी र पूनर्वासका गाँउबस्ती डुवानमा

सिङ्गो दोदा नदी गाँउ पस्यो, लालझाडी, बेलौरी र पूनर्वासका गाँउबस्ती डुवानमा

लाल ब. एकसे/कञ्चनपुर,
दुईतिन दिनदेखि कञ्चनपुरमा समान्य मानिसको शरिर झिजाउने मात्रै पानी परिरहेको छ । अबिरल रुपमा मुसलधारे बर्षा समेत भएको छैन । तर, एक्कासी कञ्चनपुरको पुर्वी गाँउमा रहेको दोदा नदीमा वाढि आएको छ ।
चुरे भएर कञ्चनपुरका चार पालिका कृष्णपुर, लालझाडी, बेलौरी र पूनर्वास नगरपालिका भारतमा पुगेर महाकाली नदीमा मिसिने दोदा नदी गयरातीदेखि गाँउ पसेको छ । तीनपालिका लालझाडी, बेलौरी र पूनर्वासका दर्जनौँ बस्तीका हजारौँ घर डुवानमा परेका छन । लालझाडी गाँउपालिकामा विभिन्न गाउँहरु जाई, पर्सिया, ढुङ्गा, नन्दगाँउ, बल्मी, कसुवा, कञ्जका सयौँ घर डुवानमा परेका छन ।
लालझाडी गाँउपालिका अध्यक्ष मदन सेन बडायकले गाँउपालिकाभरी क्षति पुगेको बताए । उनका अनुसार गाँउपालिका १ देखि ६ नम्बर वडाका हजारौँ घर डुवानमा परेका छन । केही स्थानीयका घरपालुवा जनावर, भौतिक सम्पती समेत बगेर नष्ट भएका छन । बेलौरी नगरपालिका ५ रामनगर क्षेत्रका घरहरु समेत डुवानमा परेका छन ।
पूनर्वास नगरपालिकामा २ र ५ नम्बर वडामा झण्डै डेढसय घर डुवानमा परेका छन । पूनर्वास नगरपालिका भएर धनगढी जोड्ने हुलाकी सडक समेत अवरोध भएको छ । ‘सिङ्गै नदी गाँउपसेपछि पूनर्वास–धनगढी सडक समेत अवरोध भएको छ, ‘लालझाडीका स्थानीय युवा अमर सिह रानाले भने, ‘एक्कासी नदीमा पानीको बहाव बढेसंगै वितण्डा मच्चाएको छ ।’ पहाडमा भारी बर्षा भएका कारण वा अन्य नदीहरु दोदामा मिसिएका कारण वाढि आएको हुनसक्ने स्थानीय बताउँछन । नदी गाँउपसेपनि अहिलेसम्म मानविय क्षतिबाट जोगिएको छ । नदी नै गाँउपसेपछि मानिसको उद्दारका लागि स्थानीय प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी जनप्रतिनधी उद्दारमा खटिएका छन । डुवान क्षेत्रमा परेका नागरिकको उद्दार कार्य जारी रहेको कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए । प्रवक्ता न्यौपानेका अनुसार मानविय तथा भौतिक सम्पत्तीको उद्दार कार्य जारी रहेको छ ।

ताजा समाचार