Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीअनेरास्ववियू कञ्चनपुरको नयाँ कमिटी विस्तार अध्यक्षमा रोकाया, उपाध्यक्ष कार्की, सचिव धामी

अनेरास्ववियू कञ्चनपुरको नयाँ कमिटी विस्तार अध्यक्षमा रोकाया, उपाध्यक्ष कार्की, सचिव धामी

मदन नेपाली/कञ्चनपुर,
नेकपा एमाले निकट अनेरास्ववियू कञ्चनपुरको नयाँ कार्य समिति चयन भएको छ । नेकपा फुटसंगै ब्यूँतिएको एमाले निकट अनेरास्ववियू कञ्चनपुरको बुधबार महेन्द्रनगरमा सम्पन्न भएको भेलाले नयाँ कमिटी विस्तार गरेको हो ।
विद्यार्थी नेता कमल रोकाया अध्यक्षतामा ८५ सदस्यीय अनेरास्ववियूको नयाँ कार्य समिति चयन गरिएको छ ।
उपाध्यक्ष नरेन्द्र कार्की, सचिव अमर बहादुर धामी, सह–सचिव पुष्कर भट्ट, पार्वती महरा, धर्मराज जोशी, दिल बहादुर सुनार, कोषाध्यक्ष विक्रम थापा सदस्यहरुमा महेश भट्ट, नितेश भट्ट, बाबुदेव भट्ट, रमेश राना, किरण पाल लगायत जिल्ला सदस्यमा चयन भएका छन ।
अनेरास्ववियू कञ्चनपुरको नव गठित अध्यक्ष कमल रोकायाले संगठनलाई एकिकृत रुपमा अघि बढाउने बताए । ‘यो पार्टीको मुल र आधिकारिक संगठन हो, ‘उनले भने, ‘सबै साथिहरुलाई एकताबद्ध रुपमा अघि बढाउँछु ।’ शैक्षिक विकृती बिरुद्धमा संगठनलाई क्रियाशिल बनाउने उनको भनाई छ ।

ताजा समाचार