Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीभाईरल रोड क्षेत्रबाट शिक्षकले महाकाली नदीमा हामफालेर वेपत्ता

भाईरल रोड क्षेत्रबाट शिक्षकले महाकाली नदीमा हामफालेर वेपत्ता

खडक रावल/कञ्चनपुर,
महाकाली नदीमा निर्माण भईरहेको चार लेन पुल र सडकले यतिबेला समुद्री किनारको अभाव दिईरहेका छन । पुल र पहुँचमार्गको निर्माण कार्य जारी छ । तर, मानिसको रोजाईमा पुल भन्दा पनि सडक परेको छ । पुर्वपश्चिम महेन्द्रराजमार्ग गड्डाचौकीदेखि पुलसम्म जोड्ने सडकको पश्चिम तर्फ महाकाली नदी कलकल बगिरहेको छ ।
बर्षातले उर्लिदो महाकाली किनारमा चिटिक्क परेको सडक निर्माण हुँदा टिकटक बनाउने फोटो खिच्ने समुद्री तटजस्तै मनोरञ्जन गर्ने किशोरी किशोरीको रोजाई क्षेत्र बनिरहेका बेला एक शिक्षकले महाकाली नदीमा हाम फालेका छन । भीमदत्त नगरपालिका १३ ऐरी घर भएका ४५ बर्षिया शिक्षक कृष्णदत्त जोशीले महाकाली नदीमा हाम फालेर वेपत्ता भएका हुन ।
जिल्ला प्रहरी कार्यालय कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले सोमबार दिउँसो शिक्षक जोशीले महाकाली नदीमा हाम फालेर वेपत्ता भएको बताए ।
‘शिक्षकले महाकाली नदीमा हाम फालेको रहेछ, ‘उनले भने, ‘हिजोदेखि खोजिकार्य चलिरहेको छ अहिलेसम्म शव फेला परेको छैन ।’ दोधाराको एक निजी बोडिङ्गमा कार्यरत शिक्षकले महाकाली नदीमा हामफालेसंगै घरपरिवार, आफन्त एव गाँउले चिन्तामा छन । भाईरल रोड क्षेत्रमै गएका शिक्षकले हाम फालेपछि थप चिन्ताको विषय बनेको छ ।

ताजा समाचार