Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिका खेलकुद विकास समितिले पुर्णता नपाउदै विघटन

बेलडाँडी गाउँपालिका खेलकुद विकास समितिले पुर्णता नपाउदै विघटन

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाले केहि दिन पहिला नियुक्त गरेको खेलकुद विकास समितिको अध्यक्ष लगायत समिति विघटन गरेक छ । आज बेलडाँडी गाउँपालिकामा गाउँपालिका अध्यक्षले बोलाएको भेलामा उक्त समिति र खेलकुद समिति अध्यक्ष समेत विघटन गरेको जानकारी गराउनु भयो ।

गाउँपालिकाले आज एक विज्ञप्ती जारी गर्दै खेलकुद कार्य विधि संशोधन गर्नुपर्ने भएकोले स्थानिय राजपत्रमा प्रकाशित नहुञ्जेल सम्म विघटन गरिएको जानकारी गराउनु भयो । केहि दिन पहिला मात्र अनेरा स्व.वि. नेता विक्रम थापालाई बेलडाँडी खेलकुद विकस समितिको अध्यक्ष चयन भएका थिए । कार्यविधि अपुरो भएको र मनोगत तरिकाले अध्यक्ष चयन गरेको प्रति बेलडाँडी युवाहरुले चासो देखाए पछि सो पद खारेज गरिएको हो ।

ताजा समाचार