Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीटीकापुर घटना बारे बैलौरीमा छलफल

टीकापुर घटना बारे बैलौरीमा छलफल

लाल ब. एसके
६ बर्ष अघि कैलालीको टीकापुरमा थारु आन्दोलनकारी पक्षबाट एक नाबालक सहित ८ प्रहरीको हत्या गरेको घटनामा सलग्न जसपाका संसद रेशमला चौधरी सहित केही आन्दोलनकारी अझै जेलमा छन । टीकापुर काण्डको विषयलाई लिएर थारु कल्याणकारी सभा कंचनपुरले बेलौरीमा अन्तरकृया गरेको हो । थरुहट थारुवान आन्दोलन टिकापुर घटना र आगामी कार्य दिशा बिषयमा छलफल तथा अन्तरकृया गरेको हो । कार्यक्रममा थरुहट थारुवान राष्ट्रियm मोर्चाका केन्द्रीय सदस्य पुष्कल, चौधरीले टीकापुर घटनामा मुद्दा खेपिरहेकाको मुद्दा फिर्तामा जोडदिए । थारु कल्याणकारी सभा कंचनपुरका अध्यक्ष मेवाराम चौधरीको सभापत्विमा सम्पन्न भएको कार्यक्रममा सहभागिले टीकापुुर काण्ड सुल्झाउनुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार