Sunday, September 25, 2022
गृहपृष्ठराष्ट्रिय समाचारभोलि गाईजात्रा ,महेन्द्रनगरमा पनि भव्यताकासाथ मनाईदै

भोलि गाईजात्रा ,महेन्द्रनगरमा पनि भव्यताकासाथ मनाईदै

बिकाश सिंह महता/ कञ्चनपुर                                                                                                       भोली कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा भब्यताका साथ गाईजात्रा मनाईदै छ ।
‘टुकेदरःरजिष्ट्रीङ, सपोर्टिङ, हिलिङ्ग’ भन्ने मुल नाराका साथ सहयात्रा नेपाल कञ्चनपुरको आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको महान पर्वको रुपमा मनाईने गाईजात्राको १८ औ सस्करण मनाउन लागिएको हो ।
नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरी दिउसो ५ बजे महेन्द्रनगरको मदन चोकमा गाईजात्रा मनाउन लागिएको कार्यक्रम संयोजक चाल्स बोन सिजापतीले बताउनु भएको छ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको महान पर्व गाईजात्रा विगत लामो समयदेखि निलहिरा समाजको आयोजनामा काठमाण्डौमा मनाउदै आएता पनि गत बर्षदखि विश्वव्यपिरुपमा फैलिएको कोभिड–१९ को कारण स्थानिय क्षेत्र एवं प्रत्येक जिल्ला जिल्लामा गाईजात्रा मनाईदै आएको छ ।
निलहिरा समाजले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि वकालत गर्दै आएको छ ।

ताजा समाचार