Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीवाईसियको भीमदत्त नगरमा संगठन विस्तार तिव्र

वाईसियको भीमदत्त नगरमा संगठन विस्तार तिव्र

मदन नेपाली
नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट लिग(वाईसियल) नेपालले कञ्चनपुरको भीमदत्त नगरमा संगठन विस्तारमा तिव्र रुपमा अघि बढाएको छ । वाईसियलले १३ र १४मा नम्बर वडामा संगठन विस्तार गरेको छ । ८नम्बर वडाबाट शुरु गरेर शुक्रबार शनिबार उक्त वडाहरुमा संगठन विस्तार गरेको वाईसियल भीमदत्त नगरका अध्यक्ष बलराम एसकेले बताए । उनका अनुसार एक संघीय निर्वाचन क्षेत्र एक हजार सदस्य अभियान अन्तरगत भीमदत्त नगरपालिमा युद्ध स्तरमा संगठन विस्तार गरिएको छ । बितरण तथा वडा समिती गठन कार्यक्रम नगर ईन्चार्ज तुल बहादुर थापा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र नगर सदस्य शंकर सुनार लगायत स्थानीय नेताहरुको आतिथ्यमा कमरेड रुपचन्द्र सुनारको संयोजकत्वमा वडा समिती गठन गरिएको छ । १४ बनकट्टि नगर ईन्चार्ज तुल बहादुर थापा मगरकोको अध्यक्षता ,प्रमुख अतिथि नेकपा माओवादी केन्द्र पुर्व नगर ईन्चार्ज कृष्ण दत्त जोशी बोक्सर ,थ्ऋी जिल्ला सदस्य क।माधव जोशी लगायत बुद्धिजीवी , शिक्षक संगठनका नेताहरू,स्थानीय पार्टीका नेता कमरेडहरुको उपस्थितिमा नेपाली काङ्ग्रेसबाट बिद्रोह गरि आउनु भएका खडक कुवर सहितको टिमलाई स्वागत गर्दै राजेन्द्र खातिको संयोजकत्वमा वडा समिती गठन गरि कार्यक्रम गरिएको छ ।

ताजा समाचार