Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीशिक्षक संघ र नगरपालिका विच ८ बुँदे सहमती भएको तर, पनि हिन्सात्मक...

शिक्षक संघ र नगरपालिका विच ८ बुँदे सहमती भएको तर, पनि हिन्सात्मक आन्दोलन ः भीमदत्त

कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिकाले अढाई दशक अर्थात २४बर्षमा सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान ग¥यो, उक्त दरबन्दी मिलान बिरुद्धमा एमाले, माओवादी,बैद्य र जनमोर्चा निकट शिक्षक संघ संगठनले दरबन्दी मिलान कार्य ऐतिहासिक तथा शैक्षिक सुधारका लागि महत्वपूर्ण काम भन्दै स्वागत ग¥यो तर, सत्ता सम्हालेको काँग्रेस निकट शिक्षक संगठन नेपाल शिक्षक संघले दरबन्दी मिलान बिरुद्धमा गत साउन पहिलो सातादेखि निरन्तर आन्दोलन गर्दै आयो । ४ भदौँमा हिन्सात्मक आन्दोलन अराजकतामा उत्रिएपछि शिक्षक संघले आफुहरुको माग बारे नगरपालिकाले कुनै सुनुवाई पहल नगरेको भन्दै आरोप लगाईरहेका बेला आन्दोलनरत शिक्षक संघ र नगरपालिका विच पटक पटक ८बुँदे सहमती भएको जनाएको छ । बिरोधका लागि बिरोध र प्रअ पद गुमेपछि झोकमा रहेको काँग्रेस निकट शिक्षक संघले सरकारी कार्यालय तोडफोड र जनताको सुरक्षामा खटिएको सुरक्षाकर्मीमाथि आक्र्रंमण गर्न लगाएको भन्दै नगरपालिकाले शिक्षक संघको आन्दोलनप्रति भत्र्सना जाहेर गरेको छ । शिक्षक संघले आन्दोलन शिक्षक जस्तो भद्र नई गुण्डाशैलीको भएको शिक्षक संघमा आबद्ध केही अराजक शिक्षकहरुको बाल हट अति राजनीतिकण गर्ने मानसिक चिन्तक बोकेकाले आन्दोलनका विचमा भईरहेको सहमती, वार्ता भाँडिदै हिन्सात्मक आन्दोलनमा परिणत भएको ठहर गरेको छ । आन्दोलनमा केही आफुलाई मानव अधिकारकर्मी भन्नेहरु नै हिन्सात्मक गतिबिधी र सरकारी सम्पत्ती तोडफोडमा उत्रिएकाले यो अतिवाद र अति राजनीतिकरण गर्न खोजिएको भन्दै जति भत्र्सना गरेपनि कमै हुने दावि गरिएको छ । तर, शिक्षक संघले भने आफ्नै नेतृत्वको संघीय सरकार गृह मन्त्रालय हुँदा समेत प्रहरी दमन भन्दै आएको छ । यसलाई एमाले निकट विद्यार्थी र युवा संगठनले आफ्नै सरकारमाथि विश्वास नहुने काँग्रेसी शिक्षकहरुलाई अरुमाथि विश्वास नहुनु भन्दै हाँस्यास्पद भएको टिप्पणी गरिरहेका छन ।
नगरपालिका र आन्दोलनरत शिक्षक संघविच भएका सहमती अहिले नगरपालिकाले सार्वजनिक गरिरहेको छ ।
नगरपालिकामाथि र नेतृत्वमाथि राजनीतिक प्रतिशोध राखेर काँग्रेसी शिक्षकहरुले आरोप लगाउन थालेपछी नगरपालिकाले शिक्षक संघसंग पटक पटक भएका सहमती सार्वजनिक गरेको हो ।
नगरपालिका र शिक्षक संघ विच पटक पटक भएका ८ बुँदे सहमती यस्ता छन … 

ताजा समाचार