Tuesday, September 27, 2022
गृहपृष्ठसमाचारमच्छर धपाउन बालिएको आगोले गोठमा आगलागी

मच्छर धपाउन बालिएको आगोले गोठमा आगलागी

 कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नं.१३,पिपरैया का उज्ज्वल सिंह ठगुन्ना को गोठमा साँझपख मच्छर धपाउन बालेको आगोले मध्यरातमा गोठमा आगजनी भएको छ।

बिहिवार राती आगजनी हुँदा गोठ भित्र राखेको एक साइकल,नयाँ घर बनाउन राखेका ४ थान चौखट- ढोका,भाँडाकुँडा लगायतका सर-सामान जल्नुका साथै ६८ वर्षिय ठगुन्ना घाइते भएका छन।

स्थानीय युवा समाजसेवी तथा बैजनाथ टाेलका अध्यक्ष महेश भट्टका अनुसार आगो बिजुलीको तारमा पुगेपछि सुतेकै अवस्थामा करेन्ट लागेर बेहोस भएका वृद्ध ठगुन्ना महाकाली अस्पतालमा उपचार पछि घर फर्किएका छन । छिमेकी समेत रहेका युवा समाजसेवी दिपक बुढा का अनुसार झोलुङ्गे पुलको दक्षिण महाकाली किनारको सानो झुपडीमा बस्दै आएका ठगुन्ना परिवारको बिचल्ली भएको छ ।

ताजा समाचार