Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीकञ्चन सामुदायिक विकास केन्द्रको पहलमा गाउँटोल सफाई

कञ्चन सामुदायिक विकास केन्द्रको पहलमा गाउँटोल सफाई

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका स्थित कञ्चन सामुदायिक विकास केन्द्रको पहलमा गाउँटोल सफाई कार्यक्रम संचालन भएका छन् ।

बर्खायाममा आउने बर्खे घासपातले आवत जावत गर्ने बाटाो बन्द हुनथाले पछि सामुदायिक विकास केन्द्र मातहतका समुहहरुले आफ्नो टोलटोलमा सफाईका कार्यक्रमहरु संचालन गरेका छन् । मतहत बनेका समुहले समुहमा बस्दा सिकाइका सकारात्मक कुरालाई व्यावहारमा उर्तान सरसफाई, सदभाव, आत्मनिर्भता, क्षमता अभिवृद्धि लगायतका कार्यक्रममा संलग्न रहदै आएको कञ्चन सामुदायिक विकास केन्द्रकी अध्यक्ष सरिता कुमारी रोकाया बोगटीले जानकारी गराउनु भयो । उहाँका अनुसार अहिले बर्खा भएका कारण बाटोको छेउछाउमा घाँस, झाड, चरसका बोटा भएकाले सर्प जस्ताको डर हुनेहुनाले सरसफाईमा जोड दिएको बताइन । यति बेला वडा नं.१ मा रहेका शुभकामना समुह, सुधार समुह र सिद्धनाथ समुहले आ–आफ्नो टोल सफा गरेको बताए ।

यताउता सर्पको विगविगीको समाचार सुनिरहदा त्यसबाट बच्नका लागि पहिलो सरसफाई भएकाले हामीले अहिले सरसफाईमा जोड दिएको संस्थाकी सहजकर्ता गिता राना क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार हामीले सरफाई देखि लिएर स्थानीय विकास, सुशासन जस्ता कुरामा समेत समुहमा रहेका आम नागरिकलाई सचेतना गराउने काम समेत गर्ने गरेको बताए ।

यति बेला स्थानीय सरकार देखि मुनाफामुखी संस्थाहरुले आफ्नो कार्यालय स्थापनाका लागि फाइदा लिई राख्दा समेत यस संस्थाले आफ्नो भन्दा पनि जनताको पक्षमा फाइदा हुने काम गर्दै आएको छ । स्थानीय वासीका अनुसार यस्ता संस्थालाई स्थानीय सरकारले प्राथामिकता दिनुको साटो आफु निकटका संस्थालाई सहयोग गर्दा काम गर्नेमा समेत काम गर्ने हौसला हराउन थालेको समेत आभास स्थानीयले गरेका छन् । कञ्चनपुरको बेलडाँडीमा पहिलो मुनाफा रहित संस्थाका रुपमा यो कञ्चन सामुदायिक विकास केन्द्र स्थापना भई निरन्तर निस्वार्थ भावका साथ काम गर्दै आएको छ । 

ताजा समाचार