Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीसहकारीलाई बिउ बैंकको लागि जमिन उपलब्ध गराएको भन्दै केहि स्थानियद्धारा विरोध

सहकारीलाई बिउ बैंकको लागि जमिन उपलब्ध गराएको भन्दै केहि स्थानियद्धारा विरोध

बेलडाँडी,
नेपाल सरकारको अधिनमा रहि जनता र किसानको पक्षमा काम गर्दै आएका संस्थालाई स्थानीय सरकारले काम गर्न जमिन उपलब्ध गराएको विषयलाई लिएर बेलडाँडीमा बिरोध थालिएको छ ।

बेलडाँडी गाउँपालिकाले एकलौटी तरिकाले आफ्ना पायक पर्ने संस्थाहरुलाई भवन देखि लिएर विउ बैंकको नाममा जमिन उपलब्ध गराउन लागेको आरोप लगाउदै स्थानीयहरुले त्यसको विरोध गरेका छन् ।

बेलडाँडीकी बुद्धिजिवी अगुवा महिला नेत्री शान्ती नाथका अनुसार बेलडाँडी सरकारले मुनाफा मुखी सहकारीहरुलाई विउ बैंकको नाममा र भवन बनाउन जमिन प्रकृया नपुगाएर दिएको प्रति विरोध गरेको बताए । उहाँका अनुसार यहाँ धेरै संस्था छन् दिने भए सबैलाई समान हुने गरि जमिन दिनु पर्यो कसैलाई काख कसैलाई पाख गरि जमिन दिदा ठिक नहुने बताईन । उनले भनिन यस्ता लाई जमिन दिदा फाईदा हुने की जसले समुदायमा मुनाफा नलिइ काम गर्ने संस्थालाई जमिन दिदा कुनै टाउको दुखाई नुहने बताईन । आफुहरुको समेत संस्था रहेको बताउदै आफुहरुको संस्था रहेको ठाउँमा अर्कालाई जमिन दिदा कुनै पनि हालतमा स्वीकार्य नहुने बताईन । आज गाउँपालिका आएको आक्रोसित भेलाले गाउँपालिकालाई ज्ञापनपत्र बुझाई सकेपछि साना किसान सहकारी संस्थाले अबैध ठाउँमा भवन बनाएको आरोप लगाउदै टोडफोड गर्न लागेको जनाए । आफुले भेलालाई टोडफोड नर्गन भनेपनि आक्रोसित भेलाले उक्त भवनामा ढुङ्गा प्रहार गरेको जनाइन । यस्तै हिजो पनि सम्झौता सहकारीले लगाएको होटिङबोर्ड समेत तोडफोड गरेर फालिको छ ।

 

सम्झौता सहकारी संस्थाका बेलडाँडी शाखा प्रमुख लक्ष्मी लुहारले भने बेलडाँडीका अधिकांस किसानको पक्षमा बनाएको प्रस्तावना अनुसार गाउँपालिका संगको साझेदारीमा विउ बैंक स्थापना गर्नको लागि गाउँपालिकाले उपलब्ध गराएको जमिनमा हामीले साझेदारीमै अस्ती बोर्ड लगाएको शान्ती नाथको समुहले उक्त बोर्ड तोडफोड गरि उखेलिदिएको बताइन । उहाँका अनुसार गाउँपालिका संगको रिसिवी भए उतै पोख्नु पर्ने हामी प्रकृयामा रहेका संस्थाको विरोध गर्नु उचित नभएको बताईन । हामीले बेलडाँडीका अधिकांस किसानलाई फाइदा हुने कार्यक्रम ल्याउने प्रस्तावना गाउँपालिकामा पेश गरेर गाउँपालिकाले हाम्रो प्रस्तावना बेलडाँडीको पक्षमा रहेकोलेले हामीलाई जमिन उपलब्ध गराएको जनाइन । यसरी सार्वजनिक संस्थाहरु माथी आक्रमण गर्नु ठिक नभएको भन्दै यस्ताहरुलाई सार्वजनिक मुद्धा लाग्नु पर्ने माग गरिन ।

यस्तै साना किसान महिला सहकारी संस्थाका बेलडाँडी प्रमुख कमला जोशी रेग्मीले भनिन् हामीलाई कुनै थाहै नदि एकाएक नवनिर्मित हाम्रो सहकारीको भवन शान्ती नाथको टिमले तोडफोड गर्दा हामीले रोक्न खोज्दा उल्टै सरकारको जमिनमा व्यक्तिगत भवन बनाउन मिल्दैन भन्दै धम्की दिन थालेपछि आफुले उक्त तोडफोड रोकिदिनका लागि प्रहरीलाई खवर गरेको बताइन । उहाँले भने गाउँपालिकाको स्वामित्वमा रहने गरी गाउँबासीहरुको हितमा काम गर्दै आएको संस्थालाई भवन बनाउन जमिन उपलब्ध गराएको पनि २ बर्ष भन्दा बढी भएको तर आज तोडफोड किन गरेको थाहै नभएको बताइन । हामीलाई उपलब्ध गराएको जमिन अवैधानकि भए दुइबर्ष सम्म कहाँ सुतेका थिए यस्ता समाजसेवी, किन बोलेनन् छानविन भई यस्तालाई सार्वजनिक मुद्धा लाग्नुपर्ने भन्दै प्रहरीमा उजुरी दिएको समेत जनाइन ।

यस्तै गाउँपालिकाले भने हाम्रो स्वामित्वमा रहने गरी यहाँका किसानको पक्षमा काम गर्ने हिसावले जमिन उपलब्ध गराएको बताए । बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले भने उहाँहरुलाई हामीले केहि समय सम्मका लागि विउ बैंक, विउ उत्पादन केन्द्र बनाई बेलडाँडीको समृद्धिमा टेवा पुगोस् भन्ने उदेश्यका साथ दिइएको बताए । उहाँहरुको प्रस्तावना किसान र बेलडाँडी जनताको पक्षमा रहेकोले हामीले संस्थालाई जमिन उपलब्ध गराउने निर्णय गरेको र कुनै ब्याक्तिलाई जमिन नदिएको बताए ।

रासन कार्ड दिलाउने भन्दै भवन तोड्न लगाइयो

सुकुम्वासी समम्या समाधान गर्नका लागि भरको फारमले राशन कार्ड बड्ने भन्ने खवर दिएकोले मैले छिटो छिटो महिला पठाई दिएको बेलडाँडी गाउँपालिका वडा नं.३ सिमलडाडीका भल्मन्सा मंगुरानाले बताए । म भल्मन्सा भएकाले मलाई यस्तो भेला पठाई दिनुस भने मैले भेला नपठाए पछि कस्तो भल्मन्सा रहेछ भन्ने हिसावले महिला पठाई दिएको जनाए तर भेलाको अर्कै फाइदा लिएको खवर पाए, मैले त्यहाँ साना किसानको भवन तोड्न पठाएको हैन् यसको जिम्मा जसले तोड्न लगाएको हो उसैले यसको जिम्मा लिनुपर्छ भल्मन्साले भने ।

यस्तै बेलडाँडी गाउँपालिका वडा नं.३ सिमलडाडीकी भवन तोड्नमा संलग्न महिला अनिता रानाले भनिन् भल्मन्साले नागरिकता लगेर जानुस शान्ती नाथले रासन कार्ड दिने भन्दै छन् छिटो जानुस भने हामी गर्यौ गाविसमा गयौं, त्यहाँका उनले चौकी लग्यो चौकी गयौं पछि उनले भवन तोड्न लगे हामी भवन तोड्ने ठाउँमा पुग्यौं मैले त यो ठिक होइन भने तर मैले तोडेन अरु तोड्नेलाई पनि म किनार तिर उभिएर नतोड भनेको मेरै नाममा उजुरी परेछ भन्दै दुख व्यक्त गरे हामी कहाँ रासन कार्ड पाउन गएको कस्तो जमेलामा फसाएछ थाहै भएन उनले निराश हुदै भनिन । हामी सोझा जातका भएकाले यति सोझाकी हातमा नागरिकता बोकेर भवन तोड्न जान्छौ त भन्दै दुख व्यक्त गरे ।

ताजा समाचार