कञ्चनपुर,
सरकारले दल विभाजन सम्बन्धी ल्याएको अध्यायदेशको बिरोधमा नेकपा एमाले निकट युवा संगठन र विद्यार्थी संगठनले बेदकोट नगरमा बिरोध प्रर्दशन गरेको छ ।
बुधबार साँझ अध्यायदेश बिरुद्धमा राष्ट्रिय युवा संघ र अनेरास्ववियूले संयुक्त रुपमा बिरोध प्रर्दशन गरेको अनेरास्ववियूका कञ्चनपुर संयोजक कमल रोकायाले बताए । उनका अनुसार अध्यायदेश र प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला जलाईएको छ । अध्यायदेशले एमाले फुटाएको भन्दै एमाले निकट युवा र विद्यार्थी आन्दोलित भएका छन ।
