Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीसुकुमबासी आयोग विघटन बिरुद्धमा एमाले ओली समुहका जनबर्गिय संगठनद्वारा बिरोध प्रर्दशन

सुकुमबासी आयोग विघटन बिरुद्धमा एमाले ओली समुहका जनबर्गिय संगठनद्वारा बिरोध प्रर्दशन

पुष्पराज भट्ट/कञ्चनपुर,
देउवा नेतृत्वको सरकारले सुकुमबासी आयोग विघटन गरेको बिरोधमा विपक्षी दल नेकपा एमाले ओली समुहका जनबर्गिय संगठनले बिरोध प्रर्दशन गरेका छन ।
आइतबार महेन्द्रनगरमा एमाले ओली समुह निकट विभिन्न जनबर्गिय संगठनले बिरोध प्रर्दशन गरेका हुन ।
नेकपा एमाले ओली पक्षीय भीमदत्त नगरका अध्यक्ष भगत सिह विकेले ओली नेतृत्वको सरकारले देशभरीका भूमिहिन, भूमिहिन दलित र अव्यवस्थित बसोबासीलाई जमिन दिने र जमिनको स्वामित्व दिलाउने काम बिरुद्धमा देउवा सरकारले आयोग विघटन गरेको बिरोधमा बिरोध प्रर्दशन गरिएको बताए । ओली पक्षीय जनबर्गिय संगठनले ओली पक्षको नभई सिङ्गो एमालेको बिरोध भएको दावि गरेका छन । तर, त्यसमा नेपाल समुहको सहभागिता र सर्मथन नभएको एक नेपाल समुह कञ्चनपुरका नेताले बताए । नेता समुह कञ्चनपुरका शिर्ष नेताले सत्ताबाट बाहिरिएपछि सरकारको बिरोध गर्नु अति हतारो भएको टिप्पणी गरेका छन । तर, ओली समुह एमालेका नेताहरुले भने सरकारको हरेक जनबिरोधी काममा प्रमुख प्रतिपक्षीय दलको बिरोधका लागि बिरोध नभई खबरदारी भएको बताएका छन । पार्टी कार्यालयबाट शुरु भएको बिरोध ¥याली बजार परिक्रममा गरेका मदन चोकमा पुगेर कोण सभामा परिणत भएर समापन गरिएको एमाले भीमदत्त नगरका अध्यक्ष विकेले बताए । उनका अनुसार कोण सभामा बोल्ने एमाले नेता, विभिन्न जनबर्गिय संगठनले जसरी प्रधानमन्त्री शेर बहादुर देउवाले ०५८सालमा कञ्चनपुरका आरक्षपीडितलाई संकटकालको मौकाछोपी विस्थापित गराएर दुई दशकसम्म पनि पूर्नस्थापना नगरेको स्मरण गर्दै ओली नेतृत्वको सरकारले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउने कार्यमा बाँझो हालेर कहिल्यै जनतालाई जमिनको मालिक बन्न नदिने षड्यन्त्र भईरहेको भन्दै त्यसको भण्डाफोर गर्नुपर्ने चेतावनी दिएका छन । भूमि आयोग पूर्नस्थापना गरेर लाखौँ जनतालाई जमिनको मालिक बनाउने ओली सरकारको सपना देउवा सरकारले तुहाएको भन्दै भत्र्सना गरेका छन ।

ताजा समाचार