Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीपुनर्वासमै पहिलो पटक सरस्वती मा.विले सुरु गर्यो अंग्रेजी माध्यमबाट अनलाइन कक्षा, शिक्षक...

पुनर्वासमै पहिलो पटक सरस्वती मा.विले सुरु गर्यो अंग्रेजी माध्यमबाट अनलाइन कक्षा, शिक्षक र विद्यार्थी उत्साहित

लाल बहादुर एस.के

कञ्चनपुरको पुनर्वास नगपालिकास्थित एक सामुदायिक विद्यालयले अनलाईन कक्षा सुरु गरेको छ । कोरोना भाईरसको संक्रमणको जोखिमले गरिएको लकडाउनका कारण वडा नम्बर २ मा रहेको सरस्वती माध्यमिक विद्यालयले अनलाइन कक्षा शुरु गरेको हो ।

कोरोना महामारीका कारण लामो समय विद्यार्थीको पढाईमा असर परेको भन्दै विद्यालयले अनलाइन कक्षा शुरु गरेका जनाएको छ । महामारीका कारण लामो समय विद्यालय बन्द भएको र अझै पनि खुल्ने सुनिश्चिता नभएपछि विद्यालयले अनलाईनबाटै पढाई शुरु गरेको प्रधानाध्यक जितेन्द्र पौडेलले बताए । उनका अनुसार महामारीले विद्यार्थीमा पारेको नकारात्मक प्रभावको बारेमा बुझ्ने प्रयास गर्दा लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाई ठुलो प्रभाव परेको देखेपनि भौतिक रुपमा कक्षा संचालन गर्न सम्भावना नदेखेपछि अनलाईनबाट कक्षा सुरु गरिएको हो ।
प्रधानाध्यपक पौडेलले विद्यालय गाँउमा भएकाले अनलाइन कक्षा सञ्चालन गर्नु चुनौतीपूर्ण रहेता पनि कक्षा आठ देखि १२ को पढाई सफलता पुर्वक भैरहेको बताए । उनले अगामी दिनमा अभिभावकसँग परामर्श गर्दै सबै कक्षाको पढाइ शुरु गर्ने तयारी रहेको पनि बताए ।
‘विद्यालयले लामो छलफल र परामर्शपछि विद्यार्थीको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारलाई कुनै पनि कारणले रोक्नु हुदैन ।’ प्रअ पौडेलले भने ‘महामारी चलेरहेकाले भौतिक रुपमा कक्षा संचालन गर्दा शिक्षक र विद्यार्थी दुबैमा कोरोना संक्रमणको जोखिम हुन्छ, विद्यार्थीले घरबाटै गुणस्तरीय शिक्षा प्राप्त गर्ने गरि हामीले प्रयास गरिरहेका छौँ ।’

अनलाइन कक्षा शुरु भएपछि शिक्षक र विद्यार्थी दुवैमा उर्जा थपेको विद्यालयका शिक्षक शिवराज पाण्डेले बताए । उनका अनुसार अनलाईन कक्षाले विद्यार्थीमा उत्साह थपीएको कक्षा प्रभावकारी हुदैँ गएका छन् । स्कुल नखुल्दा छोराछोरीको पढाईमा समस्या भएको र उनिहरुको भविष्यलाई लिएर आफुहरु चिन्तित भएको अभिभावक डिल्ली सार्कीले बताए । उनका अनुसार अनलाईन कक्षा सुरु भएपछि भने अभिभावक पनि खुसी भएका छन् ।
पाँच सय ५५० जना विद्यार्थी रहेको सरस्वतीमा पुराना भवन जिर्ण भएपछि भौतिक पठन पाठनमा समस्या हुने गरेको प्रअ पौडेलले बताए । साथै विद्यालयको भौतिक संरचना निर्माणमा तीन वटै तहका सरकारले पनि चाँसो नदिएको उनको भनाई छ ।
त्यस्तै विद्यालयले एघार टु भर्ना पनि सुरु गरिसकेको जनाएको छ । साथै एसईईमा उत्कृष्ट नतिजा ल्याएकालाई १०० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

ताजा समाचार