Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीवाइसिएल बेलडाँडी बिउतियो, एकै दिन ५० जना सदस्य थपिए

वाइसिएल बेलडाँडी बिउतियो, एकै दिन ५० जना सदस्य थपिए

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा रहेको माअोवादी निकट वाइसीएल बिउतिएको छ । गाउँपालिकाको  वडा नं १ र २ मा ५० जना युवाहरूलाई सदस्यता दिईएको छ ।

एक निर्वाचन क्षेत्रमा एक हजार युवा नयाँ वाइसीएल बढाउने अभियान चलेका बेला नयाँ सदस्ता दिईन थालेको बेलडाँडी वाइसीएल इन्चार्ज चेत बहादुर शाहले जानकारी गराउनुभयो ।

उहाँका अनुसार हामीहरूलाई निर्देशन अनुसार संगठन लाई सुदृढ गर्दै नयाँ युवाहरूलाई सकृय गराउदै संगठन विस्तार गर्न लागेको बताए । विभिन्न पाटी संगठन त्यागेर अाफ्नो संगठनमा प्रवेश गर्नेहरूलाई स्वागत गरिएको जनाए । यी युवाहरूले स्थानीय स्तरमा हुने हरेक सकारात्मक कार्यमा सघाउने र गलत कनर्यको भण्डाफोर गर्ने कार्यक्रम समेत वाइसीएलले गर्ने बताउनु भयो ।

उक्त कार्य क्रममा बेलाैरी नगरपालिका वाइसीएल इन्चार्ज उब्जन शाह, पार्टी जिल्ला सदस्य कल्पना गिरी, नेता माेहन गिरी, इन्चार्ज चेत बहादुर शाह, संयाेजक दिपक खडका लगायत युवा शुभचिन्तक हरूको सहभागिता रहेको थियो ।

ताजा समाचार