Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीनेपाल पाराओलम्पीक कमिटी प्रदेश अध्यक्षद्धारा जन्मदिनको अवसरमा मास्क वितरण

नेपाल पाराओलम्पीक कमिटी प्रदेश अध्यक्षद्धारा जन्मदिनको अवसरमा मास्क वितरण

विकास महता/कञ्चनपुर,

नेपाल पाराओलम्पीक कमिटी प्रदेश अध्यक्ष दिर्घकुमार स्वाँरले आफ्नो जन्मदिनको अवसरमा कञ्चनपुरका सरकारी कार्यालयका सेवाग्राहीलाई मास्क वितरण गरेका छन । शुक्रबार परेको ४४ औ जन्मोत्सवको उपलक्षमा अध्यक्ष स्वाँरले कञ्चनपुर जिल्लाका बढि भिडभाड हुने सरकारी कार्यालयका सेवाग्राहीलाई कार्यालयमार्फत मास्क वितरण गरेका हुन । भीमदत्त नगरपालिकाको कार्यालयमा आउने सेवाग्राहीकालागि भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, महाकाली प्रादेशिक अस्पतालमा आउने सेवाग्राहीकालागि अस्पताल व्यवस्थापन समितीका सदस्य हरीराम चौधरीलाई ५ सय, भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र कार्यालयका सेवाग्राहीका लागि कार्यालय प्रमुख डा. पानसिह ठगुन्नालाई ३ सय, जिल्ला ट्राफिक कार्यालयका सेवाग्राहीलाई निमित्त प्रमुख भानदेव जोशीलाई ५ सय, वडा प्रहरी कार्यालय महेन्द्रनगरमा आउने सेवाग्राहीकालागि कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक अमर बहादर माझी ५ सय, सेती महाकाली यातायाता कार्यालयमा सेवा लिन आउने सेवाग्राहीकालगि कार्यालयका प्रमुख विनोद कुमार मालीलाई ३ सय मास्क स्वाँरले प्रदान गरेका छन ।
त्यसैगरी मदनचोक भएर विना मास्क हिडडुल गर्ने ५ सय जनालाई पनि मास्क वितरण गरेका छन ।
जन्मदिन मनाउने फजुल खर्च गर्ने रकमलाई जोगाएर विश्वव्यपिरुपमा फैलीएको महामारीलाई नियन्त्रण गर्न सरकारले अनिबार्य मास्क प्रयोग गर्ने अभियानलाई ठूलो सहयोग नभएतापनि सानो सहयोग पुगोस भन्ने उद्धेश्यले जन्मदिनमा मास्क वितरण गरेको अध्यक्ष स्वाँरले बताए ।

ताजा समाचार