Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीअखिल फोर्सले कञ्चनपुरमा शैक्षिक विकृतीदेखि सरकारी साधन दुरुपयोग गर्नेमाथि संघर्ष चलाउने

अखिल फोर्सले कञ्चनपुरमा शैक्षिक विकृतीदेखि सरकारी साधन दुरुपयोग गर्नेमाथि संघर्ष चलाउने

पुष्कर दत्त भट्ट
अखिल फोर्स कञ्चनपुरले जिल्लामा शैक्षिक विकृती देखि सरकारी सवारी साधन दुरुपयोग बिरुद्धमा संघर्ष चलाउने घोषणा गरेको छ ।
नेकपा एमाले नेपाल समुह निकट अखिल फोर्सले कञ्चनपुरमा शैक्षिक विकृति बिरुद्धमा अभियानका साथै सरकारी सवारी साधन दुरुपयोग गर्नेमाथि संघर्ष चलाउने घोषणा गरेको हो ।
शुक्रबार अखिल फोर्सले एक प्रेस विज्ञप्ती जारी गर्दै शैक्षिक विकृती, विसङगति, समाजिक विकृती बिरुद्ध संघर्षका कार्यक्रम संचालन गर्ने जनाएको छ ।
महामारीका बेला अर्थतन्त्र धरासायी बनिरहेका बेला निजी विद्यालयले शुल्क बृद्धि गरेर विद्यार्थीको डाढसेकिरहेकोप्रति समेत अखिल फोर्सले गम्भिर ध्यानाकर्षण गराएको छ ।
सरकारी तथा निजी विद्यालयसंग सरकारले तोके अनुरुप शुल्क लिन आग्रह गरिएको छ ।
सरकारी कार्यालयका सवारी साधन जनप्रतिनिधी कर्मचारीले चरम दुरुपयोग गरिरहेको भन्दै यस्ता सवारी साधन नियन्त्रणमा लिने समेत चेतावनी दिएको छ । कोरोना महामारीको जोखिम पूर्ण न्यूनिकरण नहुँदा भारतबाट धमाधम भारतीय नम्बर प्लेटका सवारी साधन भित्रिएर कोरोना जोखिम निम्त्याएको भन्दै त्यस्ता सवारी साधन नियन्त्रणमा लिएर सम्बन्धी निकायमा बुझाउने जनाएकोछ । अखिल फोर्स कञ्चनपुरका संयोजक अमित बस्नेले हस्ताक्षर गरेको विज्ञप्तीमा जिल्लामा भईरहेको तस्करी नियन्त्रणका लागि समेत संघर्ष गरिने जनाएको छ । अखिल फोर्सले कञ्चनपुरमा मिलोमतोमा तस्करी, सरकारी सवारी साधनको चरम दुरुपयोग भएको ठहर गर्दै शसक्त रुपमा संघर्षको चेतावनी दिएको छ ।

ताजा समाचार