Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीशुक्लाफाँटा २ मा वाइसिएलको वडा कमिटी गठन

शुक्लाफाँटा २ मा वाइसिएलको वडा कमिटी गठन

महेन्द्रनगर ,

माओवादी केन्द्रको भातृ संगठन वाइसिएल कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–२ मा वडा कमिटी गठन गरेको छ ।

स्थानीय दिनेश चौधरीको अध्यक्षतामा वडा कमिटी गठन गरिएको हो ।

वडा कमिटीमा गणेश शाहु उपाध्यक्ष, राजेश दमाई सचिव, बिस्ना डगौरा कोषाध्यक्ष, नरेन्द्र सावद सहचिव, बुद्दिराम डगौरा अनुशाशन प्रमुख, सोहनलाल डगौरा लेखाप्रमुख संयोजक लगायत २७ सदस्यीय कमिटी गठन गरिएको वाइसेल कञ्चनपुरका सचिव तिलक जप्रेलले बताए ।

उनले कञ्चनपुरका सबै पालिका तथा वडाहरुमा कमिटी गठन गरिने बताए । वडा कमिटी गठन कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य दिपक भट्ट प्रमुख अतिथि रहेका थिए ।

ताजा समाचार