Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीविद्यार्थी नेता गिरी खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्षमा मनोनित

विद्यार्थी नेता गिरी खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्षमा मनोनित

कञ्चनपुर,
विद्यार्थी नेता कैलाशचन्द्र गिरी खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्षमा मनोनित भएका छन ।
सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय अन्र्तरगतको सुदूरपश्चिम खेलकुद परिषद्ले विद्यार्थी नेता गिरीलाई खेलकुद विकास समितिको उपाध्यक्षमा मनोनित गरेको हो ।

सुदूरपश्चिम खेलकुद परिषद्ले चार बर्षका लागि गिरीलाई खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्षमा मनोनित गरेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरको उपाध्यक्ष समेत रहेका विद्यार्थी नेता गिरीले विगत एक दशकदेखि विद्यार्थी राजनीतिमा होमिएका थिए ।

विद्यार्थी राजनीतिसंगै स्नाकोत्तर गरेका विद्यार्थी नेता गिरीले कञ्चनपुरको शैक्षिक विकास एव विद्यार्थीको हक हितका लागि संघर्ष गरेर चर्चा कमाएका थिए । उनले जसरी विद्यार्थीको हकहितका लागि गरेको स्मरण गर्दै त्यसरी नै खेलकुद संस्थागत विकासका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । उपाध्यक्षमा जसरी सुदूरपश्चिम खेलकुद विकास परिष्दले आफुलाई विश्वास गरेर पदाधिकारी नियुक्ती गरेको भन्दै विश्वास र अभिभारा पुरान गर्ने उद्घोष गरेका छन ।

यसरी जिल्ला खेलकुद समितिमा मनोनीत ,कोषाध्यक्ष सदस्यहरु क्रमशः सुरेन्द्र शाही, दुर्गा भट्ट, कुबेर खड्का , धन बहादुर महता, सुरत साउद , बिष्णु जैशी फुलकुमारी राना मनोनीत गरिएका छन् । भने जिल्ला अध्यक्ष पहिले नै ओम बहादुर बस्नेत चयन भएका हुन।

ताजा समाचार