Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी कुटपिट घटना प्रकरण कार्की–जोशी पक्षले भन्यो, ‘घटनाको सत्यतथ्य विषय बाहिर ल्याउनुपर्छ,...

बेलडाँडी कुटपिट घटना प्रकरण कार्की–जोशी पक्षले भन्यो, ‘घटनाको सत्यतथ्य विषय बाहिर ल्याउनुपर्छ, दोषिमाथि कार्बाही हुनुपर्छ

कञ्चनपुर,
साउन १४ गते राती कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ मा किशोर सन्दिप थापामाथि भएको कुटपिट प्रकरणमा मुछिएको कार्की–जोशी–मडै–साउद–शाही पक्षले कुटपिट प्रकरणको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

किशोर थापामाथि कुटपिटमा मुछिएका किशोर–युवक पक्षले बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका हुन । घटनाको सत्यतथ्य विषय बाहिर ल्याउनुपर्छ, दोषिमाथि कार्बाही हुनुपर्छ भन्दै उनीहरुले आफ्ना माग अघि सारेका छन ।

घटनाबारे थापा परिवारले कार्की–जोशी–मडै–साउद–शाही पक्षमाथि लगाएका आरोप निराधार भएको समेत दावि गरेका छन । घटनामा संलग्न प्रज्वलन भनिने बिरेन्द्र कार्कीकी आमा पशुपति कार्कीले १४ गते राती १०ः३०बजेतिर सन्दीप थापा सहितको १०/१५ जनाको टिम आफ्नो घर आएर ए बिरेन्द्र ए बिरेन्द्र दाई भन्दै बोलाएको बताए । ‘म राती सुतेको थिए, ‘उनले भनिन, ‘मेरो छोरा बाहिर गयो, मम्मी यहाँ हातहतियार ल्याएका आएका छन, तपाई नआउनु भन्दै करायो ।’

छोराले हतियार सहित मान्छे आएको विषय भनेपछि छरछिमेकीका बचाउ बचाउ भन्दै आफुले हल्ला गरेको बताउदै उनले अरु भागेपछि सन्दीप नभागेको बताईन । ‘सन्दीपले मेरो छोरोलाई समातेको थियो, ‘उनले भनिन, ‘हातमा खुकुरी थियो, ‘त्यही खुकुरी खोस्ने बेला एक आपसमा कुटपिट भएको हो ।’ सन्दीपको कुटाईबाट बिरेन्द्र बाँचेको बताउदै उनले त्यो दिन आफ्नो छोराको हत्या हुनसक्ने बताईन । ‘बच्चा बच्चाहरुको कुनै रिसिईबी थियो, होला हामी मान्छौँ, ‘तर राती मेरो घरमा आएर छोराको हत्या गरिदिएको भए के हुन्थ्यो ।’ भीम थापाको नाति हो, समातेर बाँधेको बताउदै उनले आफुहरुले कुटपिट नगरेको तर, बच्चा बच्चाविच कुटपिट भएको उनले बताईन । ‘हाम्रो थापा परिवारसंग कहिल्यै रिसिईबी थिएन, ‘उनले भनिन, ‘आज आएर हामीमाथि अनावश्यक आरोप लगाईयो ।’ बिरेन्द्र हिरासतमा रहेका बेलामा समेत घाईते भएकाले उनको अहिले पनि उपचार गराईरहेको बताउदै उनले उसैदिन पनि छिमेकी मुकुन्द जोशीले अस्पताल लगेको बताईन ।

उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन समेत माग अघि सारिन । थापा कुटपिटमा पक्राउ परेका दिपक शाहीका काका मान बहादुर शाहीले खाना खाएर सुतेपछि घटना भएको बताए । ‘यि बच्चाहरुविच कुटपिट भएको रहेछ, ‘उनले भने, ‘के लागि भएको हो, कारण के हो ?भन्ने पनि हामीलाई थाहा छैन, तर घटनाको यर्थातका बाहिर आउस, दोषि माथि कार्बाही होस, हामी हा्रम्रा बच्चा हुन, चाही अरुका ।’

घटनामा संलग्न अर्का किशोर योगेश साउदका बाबु मानसिह साउदले घटना दुखत भएको बताए । ‘यो घटना नहुनुपर्ने हो, भयो, ‘उनले भने, ‘घटनामा संलग्नमाथि कार्बाही हुनुपर्छ, हामी यसमा केही भन्दैनौँ, घटनाको यथार्थ बाहिर आउनुपर्छ ।’ घटनामा संलग्न अर्का किशोर किसन मडैका बाबु धनसिह मडैले सन्दीप थापाले कार्कीमाथि कुटपिट गर्ने उदेश्यले ल्याएको कुखुरी खोस्ने क्रममा कुटपिट भएको बताए । ‘सन्दीपले अन्य क्षेत्रका केटाहरु बोलाएर हाम्रो टोलको बिरेन्द्र कार्कीमाथि कुटपिट गर्न खोजियो, ‘उनले भने, ‘कुखुरी खोस्ने क्रममा कुटपिट भयोहोला ।’ दोषि जो कोही भएपनि संलग्नमाथि कार्बाही हुनुपर्ने उनले भनाई छ ।

‘आज म मेरो सन्तान छोरालाई बचाउँला भोली यस्तै अर्को घटना गर्न उ उत्साहित हुन्छ, ‘उनले भने, ‘घटनामा जित हार भन्दा मिलेर जानु उत्तम हुनेछ ।’
घटनामा संलग्न भन्दै पक्राउ परेका मुकुन्द जोशीकी आमा राधिका जोशीले छिमेकीमा राती बचाउ भन्दै होहल्ला भएपछि छोरा पनि बचाउन गएको बताउदै उनले बिरेन्द्रलाई अस्पताल लगेको बताईन । ‘मेरो छोरो मुकुन्द तस्कर होईन न कहिले थियो, ‘उनले भनिन, ‘खाली हामीमाथि राजनीतिक तथा समाजिक रुपमा प्रहार गरियो ।’ मुकुन्द बझाङ्गमा काम गर्दै आएको छ, उसले कसैलाई कहिबाट बोलाएको छैन, त्यो दिन घरमै थियो । बाहिर पिसाब फेर्न जाँदा गाँउमा हातहतियार लिएर मान्छे आएको आवाज आएपछी गएको हो । मुकुन्द लगायत कसैको पनि थापा परिवारसंग रिसिईबी छैन । कुनै राजनीतिक रिसिईबी पनि छैन । हामीले कुनैपनि गाँउका युवालाई फसाउनुपनि छैन । यो गर्नुपनी हुन्न । म १२औँ महाधिवेशनमा जितेकोे हुँ । रातीको विचमा कसैले पनि अर्काको घरमा हतियार लिएर आउँनु हुदैन, हतियारका कारण कसैतर्फ पनि ठूलो क्षति नहोस, भन्ने हाम्रो चाहना थियो । हामीले कुनैपनि शक्ति प्रहरी परिचालन गरेका छैनौँ । गर्ने कुरा पनि छैन । घटनामा कुनैपनि निर्दोष नफसुन, दोषिलाई उन्मुक्ति नहोस ।

कार्की–जोशी–मडै–साउद–शाही पक्षले बेलडाँडी २का वडाध्यक्ष प्रेम खाती, गाँउ प्रमुख धन बहादुर थापाले घटनामा एकलौटी तरिकाले गैर जनप्रतिनिधीको भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन । ‘ मुकुन्दका दाजु निश्चल जोशीले दुवै पक्षबाट घटना बारे रिअलाईज गरे समस्या समाधान हुने बताए । ‘हामी र थापा पक्षले घटना बारे एक आपसमा कमिकमजोरी सच्चाएर अघि बढे समस्या समाधान हुन्छ, ‘उनले भने, ‘दुवै पक्षबाट गल्ती महसुस गरे समस्या समाधान हुन्छ ।’ दुवै पक्षले ज्यान उद्योगमा मुद्दा दायर गरेका छन । घटना बारे इलाका प्रहरी कार्यालयले दुवै पक्षबाट गल्ती भएको जनाउँदै घटना बारे गहन अनुसन्धान भईरहेको जनाएको छ ।

ताजा समाचार