Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकञ्चन सामुदायिक विकास केन्द्रद्धारा राना थारु तीज कार्यक्रम

कञ्चन सामुदायिक विकास केन्द्रद्धारा राना थारु तीज कार्यक्रम

बेलडाँडी,

जिल्लाको दक्षिणी क्षेत्र स्थित बेलडाँडी गाउँपालिकामा रहेको कञ्चन सामुदायिक विकास केन्द्रले राना थारु समुदायको तीज कार्यक्रमलाई बढी प्राथमिकताका साथै आयोजना गरेको छ ।

पश्चिम नेपालमा मात्रै बसोवास गर्ने राना थारु समुदायको परम्परागत ‘तीज’ पर्वको अवसरमा आज तीज मिलन कार्यक्रम आयोजना गरेको हो । विश्वव्यापी रुपमा फैलिएको (कोभिड(१९) संक्रमण रोकथाममा ध्यान दिदै पर्व मनाएका हुन् ।

लोप हुदै गएको संस्कृति जर्गेनाका निम्ति यस विकास केन्द्रले बेलडाँडी गाउँपालिकाको आर्थिक सहयोग र कालिकिच उपभोक्ता समितिको विशेष सहयोग बेलडाँडी गाउँपालिका वडा न.१ को भुर्षा टोलमा कार्यक्रम आयोजना गरेको केन्द्रकी अध्यक्ष सरिता कुमारी रोकाया बोकटीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार हामीले २ बर्ष पहिला देखि लोप हुदै गइरहेको राना थारु समुदायको विशेष तीजलाई उनीहरु मार्फत संरक्षण गर्न प्रेरित गरिरहेको बताए । गत बर्ष कोरोना कहरका कारण कार्यक्रम आयोजना गर्न सकिएन यो बर्ष अलि कोरोनाको डर कम भएका बेला स्वास्थ्य मापडण्डलाई मध्यनजर दिदै उक्त कार्यक्रम आयोजना गरेको जनाइन ।

उनीहरुले परम्परागत पोशाकमा सजिएका रानाथारू समुदायका महिला पिङ खेल्दै परम्परागत गीत गुनगुनाउने चलन रहेकोले पछिल्लो समयमा यो लोप हुदै गएको प्रति चिन्ता व्यक्त गर्दै सो कार्यक्रम आयोजना गरिएको हो । विभिन्न जातजातिका विभिन्न संस्कृति छन् राना थारु समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक गरी मनाइन्छ । एक महिनासम्म तीज मनाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ । त्यसरी हालिएको पिङलाई डोला भनिन्छ । पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाईले सहयोग गरेको छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं.१ का अध्यक्ष अम्मर बहादुर खत्रीले भने यस समुदायको संरक्षणका निम्ति वडापरिवारको तर्फबाट कुनै कसुर नराख्ने भन्दै यति बेला आरक्षपिडित हरुले स्थायी बसोबासको निम्ति शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा निवेदन दिनुपर्ने भएकाले त्यसकाममा व्यस्त भएको जनाए । उहाँले भने धेरै राना समुदायका परिवार पनि विस्तापित भएकाले उक्त निवदेन दिन आग्रह गरे । यस्ता कार्यक्रमले यस समुदायको संरणमा ठुलो टेवा पुग्ने भन्दै कार्यक्रम सफलताको कामना गर्नु भयो ।

यस्तै वडा सदस्य तथा कार्यपालिका सदस्य लक्ष्मी भट्टले भनिन् आफुहरु संस्कृति जर्गेनाका निम्ति आफुहरुबाट हुने सम्पुर्ण सहयोग गर्न तयार रहेको जनाउदै कार्य सफलताको कामना गर्नु भयो ।

सहकर्मी समाजका प्रतिनिधी शेर बहादुर खत्रीले भने संस्कृति बचाउनुका साथै आर्थिक प्रगति समेत गर्नुपर्नेमा जोड दिए । उनले भने संस्कृतिका नाममा फैलिदै गएको बिकृतिलाई सबैले रोक्नु पर्नेमा जोड दिए ।

यस्तै सम्झौता सहकारी बेलडाँडीकी प्रमुुख लक्ष्मी लुहारले भने अझै यस समुदायका सबैमा एकरुप्ता आउनु पर्ने बताउदै सबै एक जुट भएर गरेको कार्यले सफलता पाउनेमा जोड दिए । समाजेशी दिर्घ बहादुर शाहले भने यस्ता कार्यक्रमले पर्वहरुको संरक्षण हुने जनाउदै समुदायको पहिचान समेत रहने बताउनु भयो ।

उक्त समुदायकी पार्वती रानाले भनिन् अन्य समुदायजस्तै रहनसहन, परम्परा, रीतिरिवाज तथा खानपिन र कला संस्कृतिमा आफुहरु धनी भएको बताउदै हिन्दु पहाडी महिलाहरुले श्रीमानको दीर्घायु तथा कुमारी केटीले महादेव जस्तै वर पाउँ भनी तीजको ब्रत बस्ने धार्मिक मान्यता छ तर हामी राना थारूले बरका लागि र श्रीमानको दीर्घायुका लागि नभएर दाजुभाइको आरोग्यता र दीर्घायुका लागि तीज मनाउछौं ।

‘संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ उनले भनिन् । आज श्रावण तृतीयालाई तिजको मुख्य दिन मानिन्छ । यस दिन दिदीबहिनीले निराहार व्रत बस्ने चलन छ । व्रत बसेका दिदीबहिनीले पूजामा चढाउन सिमही, गुलगुला, पपरा, पुरीलगायत परम्परागत परिकार पकाउँछन् ।

व्रतालु महिला साँझ परेपछि नदीकिनारमा गएर पूजा गर्छन् । गडरौदा जातको घाँस वा कुसमा विवाहितले सात र अविवाहितले पाँच गाँठा पारी त्यसको पूजा गर्छन् । पूजा सकिएपछि चाँदीको गहना वा सिक्काले त्यसलाई काट्छन् अनि प्रसादको रूपमा खानाका परिकार राखेर नदीमा बगाउँछन् ।

अम्मर खत्री वडाध्यक्ष प्रमुख अतिथि रहेको कार्यक्रमको सभापतित्व कञ्चनप सामुदायिक विकास केन्द्रका अध्यक्ष सरिता कुमारी रोकाया बोकटीले गरेका थिए भने कार्यक्रमको संचालन किरिसन गिरीले गर्नुका साथै सहजिकरण सामुदायिक विकास केन्द्रकी सहजकर्ता गिता रानाक्षेत्रीले गर्नु भएको थियो । 

ताजा समाचार