Friday, September 30, 2022
गृहपृष्ठआर्थिकडोल्पाको त्रिपुरासुन्दरीमा एकिकृत शैक्षिक व्यवस्थापन तालिम सम्पन्न

डोल्पाको त्रिपुरासुन्दरीमा एकिकृत शैक्षिक व्यवस्थापन तालिम सम्पन्न

डोल्पा,

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका१ त्रिपुराकोटमा एकीकृत शैक्षिक ब्यवस्थापन तालिम सम्पन्न भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाका स्टिम अहेड परियोजना सन्चालित १६ वटा बिधालयका प्रधानाद्यपकहरुलाई एकिकृत शैक्षिक व्यवस्थापन (IEMIS) सम्बन्धी दुई दिने तालिम दिइएको हो ।

  युरोपियन  युनियनको आर्थिक सहयोग तथा प्लान इन्टरनेसनल नेपाल र समाज जागरण नेपालको आयोजनामा सो तालिम सम्पन्न भएको हो ।

कर्याक्रममको उदघाटन सत्रमा त्रिपूरा सुन्दरी नगरपालिका शिक्षा शाखा प्रमुख भिम बहादुर थापाको अध्य्क्षतामा सम्पन्न भएको थियो भने कर्यक्रमको सहजिकरण सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशका अधिकृत बलवीर सुनारले गर्नुका साथै परियोजनाको बरेमा परियोजना कार्यक्रम बिज्ञ प्रेम बहादुर चन्दले गर्नु भएको थियो । उक्त कार्यक्रम सञ्चालन प्लान ईन्टरनेशनल नेपालका अनुगमन तथा मूल्याकंन अधिकृत निर्मल नेपालीले गर्नु भएको थियो ।

अद्यावधिक गरिएको यो एकिकृत शैक्षिक व्यवस्थापन प्रणालिको बिषयमा प्रशिक्षण गरिएको यो पहिलो पटक हो ।
समय सान्दर्भिक सहयोग तथा अवसरका लागि प्लान ईन्टरनेशनल नेपाल तथा समाज जागरण केन्द्र स्याक नेपाललाई अधिकृत सुनारले कार्यक्रम समापनको दिन अाज धन्यवाद ज्ञापन गरेका थिए । सहभागी प्रधानाध्यापकहरूले यस्ता कार्यक्रमले अाफुहरूलाई काम गर्न सजिलो पारेको बताए ।

ताजा समाचार