Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी कुटपिट घटनाको थापा परिवारद्वारा महेन्द्रनगरमा पत्रकार सम्मेलन

बेलडाँडी कुटपिट घटनाको थापा परिवारद्वारा महेन्द्रनगरमा पत्रकार सम्मेलन

महेन्द्रनगर,
बेलडाँडीका किशोर सागर थापा(सन्दिप)माथि साँघात्मिक हमला भएको भन्दै थापा परिवारले महेन्द्रनगरमा अाज पत्रकार सम्मेलन गरेका छन्।

बेलडाँडी गाँउपालिका २ सिहपाल स्कुल नजिकका १७ बर्षिया थापाको अर्को टोलका किशोर समुहले मरणाशन्न हुने गरि कुटपिट गरेका छन । यसै १४ साउनको राती थापामाथि कुटपिट भएको परिवारजनले जनाएका छन । घाईते थापाका परिवारजनले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अबोध किशोरमाथि ज्यान लिने उदेश्यले बाँधेर कुटपिट गरेर मृत्युको मुखमा पु¥याउँदा समेत बेलडाँडी प्रहरी मुखदर्शन बनेको अारोप लषाएका छन् । बुवा भीम बहादुर थापासंगको पुरानो रिसिईबीका कारण भतिजोलाई क्रुर तरिकाले कुटपिट गरेर हत्या गर्न खोजिएको घाईतेका काका हरि थापा (गिरीजा)ले बताए ।

 

घाईतेका बाजे तत्तकालिन नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य र शुक्लाफाँटा मध्यवर्ती क्षेत्र अन्र्तरगत कालिकिच उपभोक्ता समितिको अध्यक्ष हुँदा कुटपिट गर्ने समुह काठकाण्डमा पक्राउ परेको र उतिबेला उक्त काठ काण्ड मिलाईदिन आग्रह गरेपछि जरिवाना भएको रिसिईबी राखि बदला लिन भतिजमाथि साँघात्मिक हमाला भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराए । पिडितका काका गिरिजाले भने मुकुन्द जोशीले भतिजलाई बोलाएर लगेर हातखुट्टा बाँधेर सामुहिक रुपमा कुटपिट गराएको बताए ।

 

उनका अनुसार मुकुन्द जोशी, बिरेन्द्र कार्की(प्रज्वल), किसन मडै, योगेश साउद, दिपक शाही र लोकेश भण्डारीको समुहले कुटपिट गरेको बताए । ‘त भीम बहादुर थापाको नाति होस भन्दै सामुहिक रुपमा कुटपिट गरेका रहेछन, ‘उनले भने, ‘त्यसपछि उल्टै प्रहरीलाई रातीको समयमा गाँउमा खुकुरी ल्याएर मार्न आएको भन्दै उल्टै भतिजमाथि फसाउने षड्यन्त्र रचे ।’ आफ्ना भतिजको कुनै गल्ती भएपनि घर परिवार प्रहरी प्रशासनलाई दिनुको साटो कानुन हातमा लिएर ज्यान लिन खोजिएको उनले बताए ।

 

‘लै मेरो भतिजको कुनै गल्ती नै थियो, भनेपनि कानुन छ, कानुन अनुरुप सजाय गर्न सकिन्छ, ‘गिरिजाले भने, ‘बाबुको समाजिक प्रतिष्ठासंग जोडेर भतिजमाथि त मर्ने गरि कुटपित गर्नु त भएन् नी ।’ घाईते थापाका मामा दिनेश खातीले घटना घटेकै दिन प्रहरीले नै रगताम्मे भएर घटना स्थलबाट बेलडाँडी प्राथमिक स्वास्थ्य चौकी ल्याएको बताए । ‘प्रहरीले घटना स्थलबाट भान्जालाई जुन हातलमा ल्याएको हो, त्यो मुचुल्का संकलन गरेको छैन, ‘उनले भने, ‘उल्टै दोषिलाई बचाउने मुचुल्का उठाएर शक्ति सत्ताको भक्तीमा प्रहरी विभक्त भयो ।’

 

प्रहरीले सन्दीपलाई अचेत अवस्थामा ल्याएर स्थानीय अस्पतालमा पु¥याएको र स्थानीय अस्पतालले धनगढी रिर्फर गरेको बताउदै धनगढीमा मायामेट्रो अस्पतालमा तीन दिन पछि होस आएको बताए । ‘हामी भान्जा बचाउन तिर लागे, ‘उनले भने, ‘यता कुटपिट गर्ने र प्रहरी मिलेर घटना अन्त्यै मोड्न लागे ।’ प्रहरीकै भूमिका कारण समाजका पीडितले न्याय नपाउने अवस्था सृजना भएको उनको दुखेसो छ ।

घाईतेका बाजे गजेन्द्र थापाले भने ‘घाईते सन्दिप थापा छन, अरु छैनन, ‘उनले भने, ‘प्रहरीले पैशा र शक्तिको बलमा हामीमाथि उल्टै संका गरेर अन्यायमा पारिरहेको छ ।’ घटना घटेको तेस्रो दिन मात्रै मुद्दा दर्ता गरेको र दोस्रो दिन कुटपिट गर्ने पक्षको समेत मुद्दा दर्ता गरेर सन्दीप थापामाथिको साँघात्मक ज्यानै लिने उदेश्यको घटना ढाकछोप गर्न खोजिएको उनको भनाई छ । ‘शुरुमा हामीसंग प्रहरीले तपाईको मुद्दा दर्ता गर्र्दैन, गरेपनि जित्ने होईन भनेपछि हामी पीडित पक्षले प्रहरीमाथि शंका गर्ने कि नगर्ने ?’

यस्तै उता अर्का पक्ष बिरेन्द्र कार्की (प्रज्वल) कि अामा पशुपति कार्कीले भनिन् मेरो घरमा राती सवा १० बजेको समयमा केहि मान्छेको समूह ल्याएर थापाको ग्याङ अाएको बताए । उनले भनिन् “प्रज्वल, प्रज्वल भनेर अावाज लगाए बाहिर अाइजा भने, प्रज्वल सुतेको थियो मैले तेरो साथीहरू बोलाई रहेको छन् किन हुन जान भनेर सुतेको छोरोलाई उठाए बाहिर पठाए मैले फेरि त्यसैको साथी होलान भनी ठाने र फेरि ढोका थुनि दिए केही समय पछि त जोरको अावाज अायो, म हतपत्त बाहिर अाउदै थिए अागनमा चिप्लिए त्यस्तै उठेर हल्ला गरे मेरो छोरोलाई पिट्दैछन् गाउँले हो अाउ अाउ बचाउ भन्दै हल्ला गर्दा उनिहरू चप्पल छोड्दै भागे एक जनाले छोरालाई ढालेको थियो उसको हातमा खुकुरी थियो खुकुरी भएको हात छोराले समातेको थियो गाउँले सबै अाउदा सम्म त्यसले खुकुरी छोडेन हल्ला भयो दुईचार चोट हुलहालमा कसकस हाने थाहा भएन त्यस पछि मैले नै त्यसलाई पानी देउ र पुलिस या त्यसको घरका बोलाएर जिम्मा लगाई देउ भने र प्रहरी पुग्यो हामी सबै गाउँहरूले त्यसलाई र खुकुरी बुझाई दियाैं । भोलि पल्ट गाउँलेहरू सबै ईप्रका गयाैं र ठाडो उजुरी दियाैं म एकल महिला मेरो कोही सहारा नभएको मान्छेको घरमा यस्तो के हुन लाग्यो भनेर ठाडो उजुरी दियाैं । उनले रूदै भनिन् मेरो कोही सहारा छैन् । श्रीमानले ५७ सालमा छोडेर जानू भयो । मेरो छोरा यस्तो पनि छैन् छोरालाई बचाउन अाउदा अन्य गाउँलेले समेत सजाय खानु मेरो कस्तो भाग्य रहेछ भन्दै भक्कानिन थाले,
उनले भनिन सत्य तथ्य छानबिन होस्, दोषी जो होस् छानबिन भई कार्वाही होस् ।

बेलडाँडी प्रहरीले घटनाको अनुसन्धान भईरहेको बताए । इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज रविन्द्र कठायतले सन्दीप थापा कुखुरी लिएर १०–१५ जना कार्कीको घरमा गएको खबर आउँनासाथ घटना स्थलमा प्रहरी टोली पुगेर घाईते सन्दीपलाई लिएर बेलडाँडी प्राथमिक केन्द्रमा ल्याएको बताए । ‘हामीले घटना बारे खबर पाउँनासाथ त्यहाँ गएर घाईते अवस्थामा रहेका सन्दीपलाई अस्पताल ल्याएर घर परिवारलाई खबर गरे, ‘ईप्रका प्रहरी इन्चार्ज कठायतले भने, ‘हामी पनि घाईतेको उपचारमा जुट्यौँ ।’

 

सोही दिन कार्कीले थापा बिरुद्ध लिखित ठाडो निवेदन दिएको र घाईते पक्षले पनि दोस्रो दिन कुटपिट गर्ने बिरुद्ध निवेदन दिएको बताए ।’ घाईते पक्षले लगाएको जस्तो आरोप सत्य नभएको र बेलडाँडी प्रहरीले निष्पक्ष छानबिन गरिरहेको बताए । दुवै पक्षले एक अर्का बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बयान लिने काम भईरहेको बताए । ‘कुटपिट गर्ने पक्षले कानुन हातमा लिएको छ, ‘उनले भने, ‘तर दोषि भने दुवै पक्षछन ।’ रातीका बेला अर्काको घरमा हतियार र ग्याङ लगेर जाने काम र कुटपिट गर्ने दुवै काम गलत भएको उनको भनाई छ ।

 

ताजा समाचार