Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी आदिवासीद्धारा २७औं विश्व आदिवासी दिवस भब्यताका साथ सम्पन्न

बेलडाँडी आदिवासीद्धारा २७औं विश्व आदिवासी दिवस भब्यताका साथ सम्पन्न

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा आज २७ औं विश्व आदिवासी दिवस भब्यताका साथ मनाएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ बेलडाँडीको आयोजनामा आदिवासीहरुको हकहित तथा कला संस्कृतिको विषयमा कार्यक्रम भएको हो ।
नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद सचिवालयका नि.वर्तमान अध्यक्ष प्रेमवती रानाको प्रमुख आतिथ्य र नेपाल आदिवासी जनजाती परिषद संघ बेलडाँडी गाउँपालिका संघ परिषद सचिवालय अध्यक्ष सुरेन्द्र रानाको अध्यक्षतामा उक्त कार्यक्रम शुरु भएको कार्यक्रम संचालनक कालुराम चौधरीले जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै थारु युवा नेता तथा बुद्धिजिवी हरिचन्द्र रानाले विश्व आदिवासीहरुको उत्पत्तिको बारेमा जानकारी गरदाउदै आफ्नो हकहितको पक्ष र आफ्नो कला संस्कृति जर्गेनाको निम्ति सबैले लागि पर्ने कुरा बताउनु भयो । आफुहरुको संस्कृति लोप हुन गइरहेको प्रति चिन्ता जनाउदै स्थानीय सरकारलाई बजेट मिलानमा समेत ध्यान दिन आग्रह गर्नु भयो ।

यस्तै नेपाली कांग्रेका नेता हर्कदेव जोशीले दिवसको शुभकामना दिदै भने यी समुदायको संरक्षणमा सबैले ध्यान दिनु पर्ने बताए । यस्तै कार्यक्रममा बोल्दै थारु कल्याणकारणी केन्दिय सदस्य सिता चौधरीले भने छरिएर रहेका आदिवासी जनजातीहरुले समन्व गर्दै थारु जाती घामपानी, प्रकृति संग नडराउने जाति भएको बताउदै यसको छुट्टै इतिहास रहेको बताए ।
बेलडाँडी गाउँपालिका वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीले भने यस्ता कार्यक्रमले हाम्रो सस्कृतिको संरक्षण हुनुका साथै यस्ता कार्यक्रमको लागि गाउँपालिका बाट हुने पहल सहयोगको लागि आफु लागि पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रेमवती रानाका अनुसार यस्ता कार्यक्रमहरुले सम्पुर्ण आदिवासीहरुलाई गोलबद्ध गर्नेकाम गरेको बताउदै आफ्नो हकअधिकारको निम्ति हामी सबैले लाग्नु पर्ने बताए । यस समुदायको संरक्षणका निम्ति विश्वले समेत यो दिवस मनाउने गरेको जनाए ।
कार्यक्रमका अध्यक्ष सुरेन्द्र रानाले भने यस्तो कार्यक्रमा आफ्नो अमुल्य समय दिनु भएको प्रति धन्यवाद दिदै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने बताउनु भयो ।

कार्यक्रम राना नृत्य, बेचविखन सम्वन्धि जनचेतना मुलक सन्देश, थारु नाच, मगर नृत्य तथा आफ्नो भेषभुषा झल्कीने पहिरन समेत लगाएका थिए । 

ताजा समाचार