Sunday, September 25, 2022
गृहपृष्ठमुख्य समाचारभीमदत्त नगरपालिकाको दरबन्दी मिलानप्रति तीन शिक्षक संगठनको अपिल ः नगरका समुदायिक विद्यालयको...

भीमदत्त नगरपालिकाको दरबन्दी मिलानप्रति तीन शिक्षक संगठनको अपिल ः नगरका समुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा योगदान

मदन नेपाली,
कञ्चनपुरको भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान गरेको विषयलाई ऐतिहासिक, साहसिक तथा शैक्षिक क्षेत्रमा क्रान्तिकारी फड्को मारेको भन्दै तीन शिक्षक संघ संगठनहरुले अपिल जारी गरेका छन ।
उता काँग्रेस निकट शिक्षक संघले शिक्षक दरबन्दी मिलानप्रति आपत्ति जनाउँदै तीन सातादेखि तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका बेला तीन शिक्षक संगठनहरुले शिक्षक दरबन्दी मिलानमा संयुक्त प्रेस नोटदेखि अपिलसम्म जारी गरेको हुन ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन सुदूरपश्चिम प्रदेशका सचिवालय सदस्य प्रमानन्द नाथले भीमदत्त नगरपालिकाले गरेको दरबन्दी मिलान कार्यबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि हुने् भएकाले कार्यान्वयनका लागि तीन शिक्षक संगठनले सरोकारवाला पक्षसंग आब्हान गर्दै अपिल जारी गरेको छ ।
अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष गोपाल दत्त जोशी, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर नगर उपाध्यक्ष भान सिह साउद र एकिकृत अखिल नेपाल शिक्षक संगठनका नगर सचिव बिरेन्द्र प्रशाद भट्टले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नगरका समुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा योगदान पुग्ने जनाएका छन । तीनै शिक्षक संगठनले ९ बुँदे संयुक्त अपिल जारी गर्दै यस्ता एजेण्डा अघि सारेका छन ।
१–विगत लामो समय देखि कक्षा ८ को नतिजा सम्बन्धी कार्यमा अवरोध सिर्जना हुने गई बालबालिकाहरुको मनोविज्ञानमा प्रतिकुल असरका साथै स्थानान्तरण भै जाने विद्यार्थीहरुको कक्षा ९ मा भर्ना प्रक्रियामा अवरोध भएको ।
२ शिक्षकहरुको वृत्तिविकासमा महत्वपूर्ण भूमीका निर्वाह गर्ने शिक्षकहरुको कार्य सम्पादन मुल्याङ्कन कार्य रोकिन गएको ।
३ वैकल्पिक सिकाई सहजीकरणका लागि नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा उपलब्ध गराईएका योजनाहरुको कार्यन्वयनमा समस्या पर्न गएको ।
४ विभिन्न शिक्षकहरुको सरुवा पदस्थापनको निर्णयले निजहरु कुन विद्यालयको शिक्षक हुन, कहाँ गएर कामकाज गर्ने भन्ने जटिलता देखिन गई विद्यालयहरुको आन्तरिक प्रशासनिक कार्यमा जटिलता भएको ।
५ विद्यालयहरुको समग्र विद्यालयको तथ्याङ्कहरु तोकिएको समयमा अनलाईन डाटावेशका माध्यमबाट भर्नुपर्ने भएकोले विभिन्न विद्यालयहरुलाई सो सम्बन्धी सहजीकरण कार्यमा अवरोध सिर्जना भईरहेको र सो बाट भोली विद्यालयलाई उपलब्ध हुने सबै प्रकारका अनुदानहरुमा रोकावटको समस्या आउन सक्ने ।
६ सरुवा प्रक्रिया नियमित तथा निरन्तर हुनुपर्ने प्रक्रिया भएकोले हाल सरुवा भएका शिक्षकहरुलाई विभिन्न विद्यालयहरुको रमाना पत्र नदिने, हाजिर हुन नदिने भनि संस्थागत निर्णयहरु गरेर एक शिक्षण पेशामा आवद्ध बौद्धिक व्यक्तिलाई मानसिक तनाव दिने जस्ता कार्यहरु भईरहेको भन्ने सुनिन आएकोले यदि वास्तविकता नै हो भने यसको घोर निन्दा गर्न सबैमा हार्दिक अपील गर्दछौ र भीमदत्त नगरपालिका आधारभूत तथा माध्यमिक शिक्षा उपशाखालाई वास्तविकता बुझि त्यस्तो प्रक्रियामा संलग्न रहेका विद्यालयहरुलाई आवश्यक कारवाहीको माग गर्दछौं ।
७ नगर शिक्षा समितिको मिति २०७८।०३।३१ को निर्णयानुसार विभिन्न शिक्षक मित्रहरुले सरुवापत्र बुझि लगिसकेको तथा अन्य व्यक्तिहरुको सरुवापत्र बुझ्न बाँकी रहेको एवं उक्त सरुवापत्र नदिईरहेको भन्ने सुनिन आएकोले यथाशिघ्र शिक्षा शाखाले सम्बन्धीत शिक्षकहरुलाई सरुवापत्र उपलब्ध गराउन हार्दिक अपील गर्दछौं ।
८दरबन्दी मिलानका क्रममा कही कतै कुनै विद्यालय वा शिक्षकहरुमा समस्या परेको कुरा मानसिव देखिन आएको खण्डमा सत्यता बुझी निजहरुको समस्याको समाधानमा तदारुकता देखाउन तथा विद्यालयमा कार्यरत सबै प्रकारका शिक्षक कर्मचारीहरुलाई असहज हुनेगरी कार्य नगरी दिन हुने समेत हार्दिक अनुरोध गर्दछौं । भीमदत्त नगरभित्र कार्यरत सम्पूर्ण शिक्षकहरु पेशागत रुपमा एक हौं, कुनै एक शिक्षकमा पर्न गएको समस्या सबैको साझा समस्या हो, जसको समाधान पेशागत संगठनहरुको सामुहिक प्रयासबाट खोजिनु पर्दछ, तर शिक्षकका पेशागत संगठनहरुसित कुनै सहकार्य गर्दैनौं भन्ने तर्कहरु कुनै पक्षबाट सुनिन आएकोले यदि सो कुरा वास्तविक हो भने यस्तो कार्यको घोर भत्सर्ना गर्दै शिक्षक पेशागत समस्यालाई राजनीतिक रुप नदिन समेत अनुरोध गर्दछौं । कुनै एक पक्षले पेशागत समस्यालाई राजनीतिकरण गर्दा त्यसले द्वन्द्वको अवस्था सिर्जना हुने कुरा समेत सजग रहन सबैमा हार्दिक अपील गर्दछौं ।
९ अन्तमा भीमदत्त नगरपालिका कार्यालयलाई तत्काल माथि उल्लेखित बिषयबस्तुमा ध्यान दिदै आफ्नो कामकाजलाई नियमित रुपमा निरन्तरताका लागि हार्दिक अनुरोध गर्दछौं । हामी पेशागत संगठनहरु हदैसम्मको लचकताका साथ सहकार्य र सहमतिमा समस्याको निकासको खोजीमा हालसम्म प्रयासरत रहेकोमा अब हाम्रा प्रयासहरुलाई कमजोरीका रुपमा नलिन अनुरोध गर्दै यथाशिघ्र दरबन्दी मिलानको निर्णयलाई कार्यान्वयनका लागि हार्दिक अपील गर्दछौं । यदि कार्यन्वयन तिर कार्यालयले चाँसो नदेखाएको खण्डमा हामी नगरमा क्रियाशिल तपशिलका संगठनहरु सशक्त आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने कुरा यसै अपील मार्फत जानकारी गराउँदछौं ।

ताजा समाचार