Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकमल ओड हत्या प्रकरण छानबिन गर्न नेकपा विप्लवको माग

कमल ओड हत्या प्रकरण छानबिन गर्न नेकपा विप्लवको माग

कञ्चनपुर,
भीमदत्त नगरपालिका ९ ब्रम्हदेबका स्थानीय युवक कमल ओडको हत्या गरि भारतीय जंगलमा फ्याकिएको घटनालाई नेकपा विप्लव भीमदत्त नगर कमिटिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा भीमदत्त नगर कमिटिले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषि उपर कार्बाहीको माग अघि सारेको छ । ‘घटनाको छिटोभन्दा छिटो सत्यतथ्य छानबिन गरि दोषिलाई हदै सम्मको कार्वाहीका लागि कानुनि कटघरामा उभ्याउन जोडदार माग गर्दछौं।, ‘जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘ जनताको ज्युधनको रक्षा र समाजमा बढिरहेका विकृति विसंगतिहरु जस्तैः जाँड रक्सि, जुवातास र लागुऔषध पुर्णरुपमा नियन्त्रण गर्न सम्बन्धित निकायलाई सचेत गराउदछौँ ।’ नेकपा भीमदत्त नगरका सचिव दिपेन्द्र सिह ऐरी र इन्चार्ज डम्बर बहादुर विष्टले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा मृतक परिवारप्रति समवेदना प्रकट गरिएको छ । २० साउनदेखि हराएका कमलको गयराती भारतीय जंगलमा शव फेला पारेको थियो । घटनामा संलग्न हुनसक्ने आशंका गरेर मृतककै साथी गणेश आउजी, मनोज भट्ट, छिमेकीहरु ईश्वर कार्की, डम्बर कार्की, गजेन्द्र कार्की, विजय सिह कार्कीलाई नियन्त्रणमा लिएको छ । मृतकको शव भारतमा पोष्टमाष्टम गरेर शनिबारै दाह संकार गरिएको मृतका दाजु गणेश ओडले बताए । घर परिवार, स्थानीयले विभत्स घटना भन्दै छानबिनको माग गरेका छन ।

ताजा समाचार