Monday, September 26, 2022
गृहपृष्ठसमाचारसिमा क्षेत्रमा भन्सार छलिका अवैध सामान बरामद

सिमा क्षेत्रमा भन्सार छलिका अवैध सामान बरामद

कञ्चनपुर,
 कञ्चनपुरका विभिन्न ठाउँबाट भन्सार छलिका अवैध सामान बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट दोधाराचाँदनी, पचुई, थापाचोक, कञ्जभोज र गड्डाचौकीबाट खटि गएको सीमा गस्ती टोलीले सामान बरामद गरेको हो।

२ लाख ६४ हजार ४ सय ४० बराबरको हार्डवयर, किराना, कपडा, बिउबिजन र श्रृगारका समानहरु बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरीएका सामानहरु आवश्यक कानूनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको गण हेडक्वाटर बताएको छ।

ताजा समाचार