Monday, September 26, 2022
गृहपृष्ठआर्थिकअष्ट्रेलियाको पर्थ बाट पठाएको आर्थिक रकम महाकाली प्रादेशिक अस्पताललाई हस्तान्तरण

अष्ट्रेलियाको पर्थ बाट पठाएको आर्थिक रकम महाकाली प्रादेशिक अस्पताललाई हस्तान्तरण

बिकाश सिंह महता 

सुदूरपश्चिम नेपाल पश्चिमा अष्ट्रेलिया कमिटीले कोराना रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम सरकार र महाकाली प्रादेशिक अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

अष्ट्रेलियाको पर्थमा बस्दै आएका सुदूरपश्चिमेलिवासीहरुले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा रहेको महाकाली प्रादेशिक अस्पतालको कोरोना राहत कोषलाई ५१ हजार ५ सय ५१ रकम सहयोग गरेको हो । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सहायक महासचिव भिम बहादुर थापामार्फत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी(बक्सरं)लाई सो रकम हस्तान्तरण गरिएको छ ।

कर्मथलो अष्ट्रेलिया भएता पनि आफ्नो मात्रीभूमीलाई अप्ठेरो परेका ठूलो सहयोग गर्न नसकेपनि राहतकोरुपमा उक्त रकम सहयोग गरिएको सुदूरपश्चिम नेपाल पश्चिम अष्ट्रेलिया कमिटिका कोषाध्यक्ष रविन बिक्रम थापाले बताए ।
त्यसैगरी गएको असार २८ गते सुदूरपश्चिम सरकारलाई पनि सुदूरपश्चिम नेपाल पश्चिमा अष्ट्रेलिया कमिटीले कोरोना नियन्त्रण तथा रोकथामको लागि ५१ हजार रुपया सहयोग गरेको थियो । मात्रि भुमिलाई माया गरेर अष्ट्रेलियाबाट पठाएको रकम सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक व्यवस्था समितीका सभापति हर्क बहादुर कुवरमार्फत आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीलाई हस्तान्तरण गरिएको थियो ।

कमिटीका अध्यक्ष किशोर कुवर ,उपाध्यक्ष हुम बहादुर लामिछाने ,सचिव संगीत श्रेष्ठ , कोषाध्यक्ष रबिन विक्रम थापा, सदस्यहरु दिपेन्द्र श्रेष्ठ ,एलिजा सिंह , किशोर पन्त ,पुनम ऎर, पुष्प रिमाल, सम्झना कुवर , पुष्प बोहरा(सानु), सरिता पौडेल, कुवेर ठकुराठी, जीवन कडायत, हरि खड्का, सल्लाहकार रविन रावल लगायतले सहयोग गरेका हुन।

सहयोग रकम बुझ्दै अध्यक्ष जोशीले कोरोनाको नियन्त्रण र रोकथामकालागि ठूलो राहत हुने बताए । अध्यक्ष जोशीले सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिएका थिए ।

ताजा समाचार