Monday, September 26, 2022
गृहपृष्ठजिवनशैलीअखिल फोर्स कञ्चनपुरमा विस्तार ः संयोजक बस्नेत

अखिल फोर्स कञ्चनपुरमा विस्तार ः संयोजक बस्नेत

कञ्चनपुर,
नेकपा एमाले (नेपाल) समुह निकट अनेरास्ववियूले मातहत रहने अखिल फोर्स कञ्चनपुरमा विस्तार भएको छ । शुक्रबार भीमदत्त नगरपालिकामा अखिल फोर्स गठन भएको हो । अनेरास्ववियु केन्द्रीय कमिटीले १६ साउन काठमाडौमा भेला गरी आरआर क्याम्पसका स्ववियु सभापतिको संयोजकत्वमा ५०१ सदस्यीय टीम निर्माण गरेको थियो।उक्त भेलाले सातै प्रदेश र विश्वविद्यालयमा भेला गर्न संयोजक तोकेको थियो।जस अनुसार सुदुर प्रदेश संयोजकमा प्रज्ववल कुवरलाई जिम्मेवारी तोकेको थियो। अखिल फोर्सको केन्द्रीय भेला पछिको पहिलो भेला कन्चनपुरमा भएको छ । भेलाले संयोजकमा अखिलका विद्यार्थी अमित बस्नेत संयोजक र सुजल क्षेत्री सह–संयोजक रहने गरि १५१ सदस्यीय जिल्ला कमिटी गठन विस्तार गरेको छ । अखिल फोर्स सुप प्रदेश संयोजक प्रज्वल कुवरको अध्यक्षता अनेरास्ववियु केन्द्रिय सचिव गणेश सिंह ऐरीको प्रमुख, युवा संघका केन्द्रीय सचिव रामचन्द्र रेग्मीको बिशिष्ठ आतिथ्यता भएको थियो । कार्यक्रमको सचालन अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य रमेश पन्तले गरेका थिए । कार्यक्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य ओम बस्नेत, अनेरास्ववियु पुर्व सचिवालय सदस्य सन्तोष नेपाली, अनेरास्ववियु केन्द्रिय सचिवालय सद्स्य मदन चन्द, मोहनदेव जोशी, रोहित गजुरेल, शिबा बस्नेत, युवा संघका कञ्चनपुर जिल्ला इन्चार्ज प्रविन बोगटी, केन्द्रिय सदस्य निरज बि.सी लगायत नेताहरको उपस्थितिमा रहेको थियो । अखिल फोर्स सुप प्रदेशका संयोजक प्रज्वल कुँवरले संगठन कसैसंग भिडन झगडा नगर्ने भन्दै बढ्दै गएको शिक्षा क्षेत्रको विकृती बिरुद्धमा संघर्ष गर्ने बताए । 

ताजा समाचार