Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीभीमदत्त नगरपालिका २मा सुरक्षित चेली अभियान

भीमदत्त नगरपालिका २मा सुरक्षित चेली अभियान

चन्द्रकान्त जोशी/कञ्चनपुर,
कञ्चनपुरमा संचालित सुरक्षित चेली अभियान अन्तर्गत बिहीबार भीमदत्त नगरपालिका वडा नम्वर २ मा अन्र्तरकृया तथा छलफल कार्यक्तम भएको छ । हर प्रहर, गाँउ र नगरी १ टोल टोलमा नेपाली प्रहरी ११ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालयले शुक्रवार वडा कार्यालयमा महिला वालवालिका विरुद्ध हुने अपराध बारे जनचेतनका कार्यक्रम गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यत्तक्रममा भीमदत्त नगरपालिका २का वडाध्यक्ष डम्बर सिह कार्की(डिके)ले कार्यक्रम राम्रो भएको बताए । अध्यक्ष कार्कीले विगतमा दिनमा पनि सञ्चालन गरेको कञ्चनपुर प्रहरीले उक्त कार्यक्रमलाई वडास्तरमा लैजाने योजना अनुरुप वडास्तरमा संचालनमा जोडदिए । जिल्ल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमा प्रशाद चर्तुर्बेदीले प्रहरीले आउँदो दिनमा जिल्लाका सबै वडास्तरमा सुरक्षित चेली अभियानलाई निरन्ता दिने बताए ।

ताजा समाचार