Tuesday, September 27, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारभारतमा कैलालीका युवकको मृत्यु, हत्या गरेको भन्दै धनगढीका प्रदर्शन

भारतमा कैलालीका युवकको मृत्यु, हत्या गरेको भन्दै धनगढीका प्रदर्शन

कैलाली,

कैलालीका एक जनाको भारतका मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका दुर्गाैलीका २२ वर्षीय पशुपति आचार्यको भारतको बैङ्लोरमा मृत्यु भएको हो ।

उनी १५ साउनमा धनगढीको पशुपतिनाथ टुर्स एन्ड ट्राभल प्रालीको बसमार्फत भारत गएका थिए । आचार्यको १९ साउनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ‘हामीले घटनाबारे बुझ्दै छौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने ‘१९ गते मृत्यु भएको भन्ने जानकारी पाएका छौँ ।’

मृतकका आफन्तले उनको हत्या गरिएको बताएका छन् । आचार्यको हत्या गरेको भन्दै उनीहरूले शुक्रबार धनगढी बसपार्कस्थित पशुपतिनाथ टुर एन्ड ट्राभल्स अगाडि प्रदर्शन गरेका छन् । घटना सम्बन्धि सोधपुछका लागि टुर एन्ड ट्राभल्सका सञ्चालकसहित २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार