कञ्चनपुर,
कञ्चनपुरको पहिलो सदरमुकाम बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन माग अघि सारिएको छ । महाकाली बहुमुखी क्याम्पसका अध्यक्ष समेत रहेका काँग्रेस नेता हरेन्द्र विष्ट(होसियार)ले क्षेत्रकै पुरानो ऐतिहासिक क्याम्पस भएकाले सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री देउवा समक्ष माग अघि सारेको हो ।
बिहीबार प्रधानमन्त्री देउवालाई भेटदै काँग्रेस कञ्चनपुरका युवा नेता समेत रहेका विष्टले क्याम्पसको स्तरबृद्धिका लागि समेत माग अघि सारेका छन । ‘प्रधानमन्त्री ज्यू बेलौरीको महाकाली बहुमुखी क्याम्पस दक्षिण क्षेत्रकै शिक्षाको हब हो, ‘काँग्रेस नेता विष्टले प्रधानमन्त्रीसंग भने, ‘त्यहाँका विपन्न गरिब जनताको सहज पहुँचका लागि स्तरबृद्धि गर्नमा सहयोग गरिदिनुप¥यो । विद्यार्थी ओसार्नका लागि बस, स्नाकोत्तर तह संचालनका लागि, अनुमति भौतिक संरचना निर्माण एव अन्य सहयोगका लागि माग गरे । यसका साथै काँग्रेस नेता विष्टले दक्षिणी क्षेत्रको हुलाकी सडक विस्तार, सीमा सुरक्षा एव अन्य भौतिक विकासका जोडदिदै । सरकारले भूमि आयोग विघटन गरेसंगै नयाँ बन्ने आयोगका पदाधिकारी समक्ष, बेलौरी भन्सारको स्रतबृद्धि, राजस्व न्यूनतम राख्नुपर्ने, जनतालाई जमिनको मालिक बनाउने विषयमा सरकार पार्टीले गम्भिर हुनुपर्नेमा जोडदिए । महाकाली बहुमुखी क्याम्पसका अध्यक्ष समेत रहेका काँग्रेस नेता विष्टले उठान गरेका मागमा प्रधानमन्त्री देउवाले गम्भिर भएको बताउदै सम्बन्धीत क्षेत्रलाई आवश्यक निर्देशन दिने बताए ।
