Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीआई.पि.एम.पद्धतिमा आधारीत ३ महिने वेमौसमी तरकारी तालिमको उदघाटन

आई.पि.एम.पद्धतिमा आधारीत ३ महिने वेमौसमी तरकारी तालिमको उदघाटन

कैलाली / श्रावण,

युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना कैलारि गाउँपालिका वडा नं १ का २० जना युवाहरुलाई ३९० घण्टे (आई.पि.एम. )पद्धतिमा आधारित ३ महिने वैमौसमी तरकारी खेती तालिमकाे उदघाटन गरिएकोे छ ।

तालिम उदघाटन कार्यक्रमको अध्यक्षता कैलारि गाउँपालिका वडा नं १ का अध्यक्ष बालकृष्ण डगाैरा थारू ले गर्नु भएकाे थियाे । कृषिमा आधारित रहेर तालिम अवधीमा सिकेका कुरा व्यवहारमा उतार्ने तालिमका सहभागीहरु ले बताएका छन्।
कायकमका अध्यक्ष डगाैराले तालिमले कृषि उत्पादन र व्यवसाय वृद्धिमा टेवा पुग्ने र आगामी दिनमा यो क्षेत्रमा विशेष कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुका साथै गाउपालिका देखि हुने र आइपर्ने सहयोग निरन्तर रहि रहने प्रतिबद्धता समेत गर्नु भएको छ।

कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ। कायकममा कैलारि गाउपालिका वडा नं १ का वडा सदस्य बुद्धिराम चाैधरि, बसन्त ऋृतु सहकारीका अध्यक्ष हाेरिलाल चाैधरि , निड्सका विनाेद कडारा,सुजाता चाैधरि र तालिम प्रशिक्षक लगायतको उपस्थिति रहेकाे थियो । भने निडसका फिल्ड कमचारि सुजाता चाैधरिले कार्यक्रमको संचालन गर्नु भएकाे थियाे । 

ताजा समाचार