Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीएमाले कञ्चनपुरको विस्तारित बैठक ः दार्चुला घटनाको क्षतिपूर्तिदेखि भूमि आयोग विघटन बिरुद्धमा...

एमाले कञ्चनपुरको विस्तारित बैठक ः दार्चुला घटनाको क्षतिपूर्तिदेखि भूमि आयोग विघटन बिरुद्धमा खेद प्रकट

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरको बिस्तारित बैठकले दार्चुला घटनाको भत्र्सना गरिएको छ । बिहीबार पार्टी कार्यालयमा बसेको नेकपा एमाले (ओली) पक्षीय विस्तारित बैठकले तुईने तर्ने क्रममै भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले तुईन काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिह धामी वेपत्ता घटनामा दुख व्यक्त गर्दै घटनामा संलग्न दोषि उपर कार्बाही र पीडित परिवारलाई क्षतिपूर्तिको प्रस्ताव पारित गरिएको छ ।
नेकपा एमाले कञ्चनपुरका युवा नेता पल्लवराज भट्टले विस्तारित बैठकमा समसामयिक राजनीतिक विषयमा प्रस्तावका साथै साँगठानिक कार्यक्रम संचालनका लागि निर्णय भएको बताए । एमाले नेता भट्टका अनुसार भूमि आयोग खारेजीप्रति खेद प्रकट, बेलौरी नगरपालिका ८पचुईमा निर्माण हुलाकी सडक अवरोध बारे भत्र्सना गरिएके छ । महामारी नियन्त्रणका लागि सरकारले विगतकै सरकारले अघि सारेका योजना कार्यान्वयन गर्नुपर्ने प्रस्ताव पारिएको छ । सदस्यता नविकरण, वडा, पालिका बैठक भेला गर्ने निर्णय गरेको छ ।
एमाले कञ्चनपुरको बैठक बिर बहादुर थापाको अध्यक्षतामा भएको थियो । सुप प्रदेश इन्चार्ज कर्ण थापा प्रमुख अतिथि रहेका थिए, भने कार्यक्रम संचालन सचिव सुरेन्द्र विष्टले गरेका थिए । कार्यक्रममा केन्द्रीय नेतादेखि स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार