Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारटनकपुरमा पुरुषको शव भेटियो ः दार्चुला तुईनकाण्डका जयसिहको शव भएको आशंका

टनकपुरमा पुरुषको शव भेटियो ः दार्चुला तुईनकाण्डका जयसिहको शव भएको आशंका

कञ्चनपुर,टनकपुरमा पुरुषको शव भेटिएको छ । बिहीबार बिहान महाकाली नदी स्थित टनकपुरमामा एक पुरुषको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले भारतीय भूमिमै शव भेटिएको बताए । शवको पहिचान नभएको उनले बताए । गत साता दार्चुलामा तुईन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले तुईन काटिदिएपछि बेपत्ता भएका नेपाली नागरिक जयसिह धामीको शव हुनसक्ने आशका गरिएको छ । यद्यपी शवको अहिलेसम्म पहिचान भएको छैन । ‘त्यतातिर प्रहरी टोली पठाएका छौँ, ‘प्रहरी प्रवक्ता न्यौपानेले भने, ‘शवको पहिचान भएको छैन, कसेको हो भन्ने बारेमा अझै एकिन भएको छैन ।’

ताजा समाचार