Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीआन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेन

आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेन

पुष्कर भट्ट/कञ्चनपुर,
आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन । गत आर्थिक बर्ष २०७७÷०७८ मा आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको हो । कार्यालयले गत आर्थिक बर्षमा २ अर्ब ३६ करोड ६५ लाख २७ हजार रुपैया राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो, तर लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको हो । कार्यालयले २ अर्ब, २१ करोड, ८८ लाख, ९८ हजार मात्रै राजस्व संकलन गरेको छ । लक्ष्य भन्दा झण्डै १ अर्ब ४७ करोड, ६ लाख २९ हजार राजस्व कम संकलन भएको भएको छ ।
आयकर १०३.७, घरभाडा कर ५१.५१, कर ६३.७९, मुल्यअभिबृद्धिकर १२८.४६, अन्तशुल्क ७३.०२, स्वास्थ्य सेवा कर ८६.९८ र शिक्षा कर तर्फ ०.३२ प्रतिशत राजस्वक संकलन गरिएको छ । शिक्षाकर, अन्तशुल्ककर, घरबहालकर, स्वास्थ्यकर, कर लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ ।
लगातार तीन बर्षको अवधिमा एक बर्षमा मात्रै लक्ष्य प्राप्त गरेको छ । आर्थिक बर्ष २०७५÷०७६ मा १ अर्ब ६१ करोड, ७४ लाख ७४ हजार लक्ष्य भएपनि २ अर्ब ३ करोड ८५ लाख ७ हजार राजस्व संकलन गरेको थियो ।
०७६÷०७७ मा ३ अर्ब ६ करोड, ६५ लाख ४७ हजार मध्ये २ अर्ब ६ करोड ९४ लाख, ५७ हजार मात्रै राजस्व संकलन भएको छ ।
कार्यालयले गत बर्ष कोरोना महाकारी कारण देखाएर कार्यालयले आन्त शुल्कको रकम संकलन नहुँदा लक्ष्य पुरा नभएको कार्यालयले केही अधिकारीको भनाई थियो । कार्यालय प्रमुखले आफु नयाँ आएकाले केही थाहा नभएको प्रतिकृयादिएका थिए । देशको मुल आयको मेरुदण्डको रुपमा रहेको कार्यालयले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेपछि कार्यालयबाट विभिन्न आशंका गरिएका छन ।

ताजा समाचार