Friday, September 30, 2022
गृहपृष्ठअन्तर्वार्तामाधव कुमार नेपाल बिनाको एमाले बन्छ ः युवा संघका नेता सिह

माधव कुमार नेपाल बिनाको एमाले बन्छ ः युवा संघका नेता सिह

राष्ट्रिय युवा संघका केन्द्रीय निर्वतमान अध्यक्ष बचन बहादुर सिहले एमाले बरिष्ठ नेता माधव कुमार नेपाललाई एमालेमा ठाँउ नभएको बताएका छन ।

सोमबार प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै युवा संघका निर्वतमान अध्यक्ष सिहले नेपाल लगायत उनी पक्षीय नेताहरुलाई एमालेमा ठाँउ नभएको बताएका हुन ।

ओली पक्षीय कट्टर नेता समेत रहेका सिहले एमाले अध्यक्ष केपी शर्मा ओली नै, ओलीको विकल्प नखोज्न समेत दावि गरे । ‘माधव नेपाल एमालेमा ठाँउ छैन, ‘उनले भने, ‘अब एमाले नेपाल बिनाको पार्टी बन्छ ।’

सिहले न्यायपालिका हावि भएको भन्दै श्री ५ले गरेको फैसलाले मुलुकमा संकट पैदा गरेको बताए । नेता सिहले दार्चुला घटना दुखत भएको भन्दै पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा एमाले सुदूरपश्चिम प्रदेशका सचिव राजेन्द्र सिह रावलले कञ्चनपुर पार्टीको अध्यक्षमा बीर बहादुर थापा(पातल) र सुप प्रदेश पार्टी इन्चार्जमा लेखराज भट्ट नै आधिकारिक भएको बताउँदै, नेपालतिर गएकाहरु आफुखुसी मै हुँ अध्यक्ष इन्चार्ज भनेर भन्दै जाने काम हाँस्यास्पद भएको बताए । ‘नेकपा एमाले कञ्चनपुरको अध्यक्ष बीर बहादुर थापा नै हो, ‘एमाले प्रदेश सचिव रावलले भने, ‘तारालाता तामाङ्ग त थापाको सचिव हुन ।’ एमाले अब तिव्र स्वीटमा गएको बताउदै अबको निर्वाचनमा दुई तिहाई नभए स्वष्ट बहुमत ल्याएर सरकारमा जाने बताए ।

ताजा समाचार