Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारतुइन काटेर महाकालीमा बेपत्ता पारिएका धामीको छानवीन नहुदै बनवसाबाट एक नेपाली बेपत्ता...

तुइन काटेर महाकालीमा बेपत्ता पारिएका धामीको छानवीन नहुदै बनवसाबाट एक नेपाली बेपत्ता पारिए

बेलडाँडी,
तुइन काटेर महाकालीमा बेपत्ता पारिएका दार्चलाका ३३ वर्षिय जयसिह धामीको खोजविन तथा घटनाको सत्यतथ्य छानविन नहुदै भारतको देहरादुनबाट बेलडाँडी ५ झिलमिला घर फर्कने क्रममा एक नागरिक बेपत्ता पारिएका छन् ।

भारतको देहरादुन देखि बनवसा सम्म परिवारको सम्पर्कमै रहेका तिर्थराज बोहरा अन्दाजी ४४ वर्षीय पुरूष यसै १६ गते बिहान बनबसा झरेर चिया पिउदै गर्दा अाफु सकुसल रहेको र ८ बजे सम्म घर पुग्छु भनेर कल गरेका उनी अहिले सम्म कसैको सम्पर्कमा आएका छैनन् ।

भारतको देहरादुनमा समेत आफ्नो घर रहेको र सो घर बेचेरको पैसा बोकेर नेपाल फर्किने क्रममा उनी बेपत्ता भए पछि परिवारले चिन्ता व्यक्त गर्दै खोजी गरिदिनका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा जाहेरी गराउदै गाउँलेहरूलाई लिई मम्मी र गाउँलेहरू बनवसा गएका उनकी छोरी रमिता बोहराले जानकारी गराइन ।

वहाका अनुसार बिहान ८ बजे फोन गरेर खाना बनाई राख्नु म पुग्छु केही समयमा भने पछि बाटो कुर्दै बसेका हामी बुवा नअाए पछि क्याम्प सम्म हेर्न गएका थियाै तर केही पत्ता लागेन । बुवाको खोजी गरिदिन सबैलाई अाग्रह गरे ।

ताजा समाचार